नेप्से अब शुक्रबार खुल्ने, आइतबार बन्द हुने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ चैत, २०८२
६ महिनाअघि

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले आफ्नो कारोबार तालिका परिवर्तन गरेको हो।

हिजो बसेको नेप्से सञ्चालक समितिको बैठकले सातामा पाँच दिन कारोबार सुनिश्चित गर्न शुक्रबार बजार खुला गर्ने निर्णय गरेको हो। अब नयाँ व्यवस्थाअनुसार आइतबार शेयर कारोबार बन्द रहनेछ भने शुक्रबार नियमित रूपमा बजार सञ्चालन हुनेछ।

Advertisement

यो व्यवस्था नेप्सेका लागि नयाँ भने होइन। यसअघि २०७९ साल जेठ १ गतेदेखि सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गर्दा पनि नेप्सेले शुक्रबार बजार सञ्चालन गरेको थियो। पछि आइतबारको बिदा खारेज भएपछि नेप्से पुरानै तालिकामा फर्किएको थियो।

हालै मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्दो इन्धन खपत र वैदेशिक मुद्रा सञ्चितिमा परेको दबाबलाई ध्यानमा राख्दै आइतबार सबै सरकारी कार्यालयमा बिदा दिने निर्णय गरिएको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्दै नेप्सेले लगानीकर्ताको हित र बजारको सक्रियता कायम राख्न शुक्रबार कारोबार सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार अब शनिबार र आइतबार शेयर बजार बन्द रहनेछ भने सोमबारदेखि शुक्रबारसम्म कारोबार हुनेछ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

बिहिबार २९ असोज, २०८३
१४ घण्टाअघि

पूर्वाधारमा लगानी जुटाउन सरकारको नयाँ योजना, एक खर्बको कोष बनाइँदै

मङ्गलबार २७ असोज, २०८३
३ दिनअघि

सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो

मङ्गलबार २७ असोज, २०८३
३ दिनअघि

घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आईतबार २५ असोज, २०८३
५ दिनअघि

नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

शनिवार २४ असोज, २०८३
६ दिनअघि

लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत

शुक्रबार २३ असोज, २०८३
७ दिनअघि
करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान
बिहिबार २९ असोज, २०८३
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह
बिहिबार २९ असोज, २०८३
राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
बिहिबार २९ असोज, २०८३
बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट
बिहिबार २९ असोज, २०८३
न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ
बिहिबार २९ असोज, २०८३
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- ट्रम्पबाट धोका भयो
बिहिबार २९ असोज, २०८३
चार प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
बिहिबार २९ असोज, २०८३
गण्डकी सरकार विस्तारमा अन्योल, तीन मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहीन
बिहिबार २९ असोज, २०८३
जाजरकोटमा जिप ३०० मिटर तल खस्यो, चालकसहित दुई जनाको मृत्यु
बिहिबार २९ असोज, २०८३
ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता
बिहिबार २९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०