भ्रष्टाचार भए कार्यालय प्रमुख नै दोषी, सरकारको कडा चेतावनी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ चैत, २०८२
७ महिनाअघि

काठमाडौं – सरकारी निकायमा हुने कुनै पनि किसिमको भ्रष्टाचार वा अनियमिततामा अब सम्बन्धित कार्यालय प्रमुख नै जिम्मेवार ठहरिने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्पष्ट चेतावनी दिँदै यस्तो अवस्थामा कार्यालय प्रमुखलाई नै मुख्य दोषी मानेर कारबाही अघि बढाइने जनाएको छ।
मुख्यसचिव सुमनराज अर्यालमार्फत सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयहरूलाई परिपत्र जारी गर्दै सुशासन कायम गर्न कडा निर्देशन दिइएको हो। परिपत्रमा हालैको जनआन्दोलन र फागुन २१ को निर्वाचनपछि बनेको नयाँ सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरिएको छ।
अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालको अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्दै सरकारले सार्वजनिक निकायमा हुने नीतिगत, संस्थागत तथा प्रक्रियागत भ्रष्टाचार अन्त्य गर्न दृढ प्रतिबद्धता जनाएको छ। सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा हुने अनियमितता रोक्न तत्काल प्रभावकारी कदम चाल्न सचिवहरूलाई निर्देशन दिइएको छ।
सरकारले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने स्तरमा सुधार ल्याउन जोड दिँदै सेवा प्रवाहको शैली परिवर्तन गर्नुपर्ने उल्लेख गरेको छ। महिला, बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र असहाय वर्गलाई प्राथमिकतामा राखेर सेवा दिनुपर्ने तथा सेवाग्राहीसँग सभ्य व्यवहार, पारदर्शिता र तटस्थता कायम गर्नुपर्नेमा विशेष ध्यान दिन भनिएको छ।
यसैगरी, सबै सरकारी निकायमा हुने सम्भावित भ्रष्टाचार तथा मोलमोलाहिजाका गतिविधिमा सूक्ष्म निगरानी राख्न निर्देशन दिइएको छ। कार्यालय प्रमुखलाई नियमित कार्य सञ्चालनमा चुस्तता अपनाउन, मितव्ययिता कायम गर्न तथा आकस्मिक र छड्के अनुगमन गर्नसमेत भनिएको छ।
भ्रष्टाचारसम्बन्धी कुनै पनि सूचना प्राप्त हुनासाथ सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने र अनियमितता पुष्टि भएमा कार्यालय प्रमुखलाई नै मुख्य जिम्मेवार मानेर कारबाही अघि बढाइने सरकारको स्पष्ट चेतावनी छ।

Advertisement
प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग

बुधबार १२ कार्तिक, २०८३
३ घण्टाअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
५ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
१ हप्ताअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
१ हप्ताअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
१ हप्ताअघि

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
१ हप्ताअघि
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट
बुधबार १२ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग
बुधबार १२ कार्तिक, २०८३
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०