भ्रष्टाचार भए कार्यालय प्रमुख नै दोषी, सरकारको कडा चेतावनी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ चैत, २०८२
६ महिनाअघि

काठमाडौं – सरकारी निकायमा हुने कुनै पनि किसिमको भ्रष्टाचार वा अनियमिततामा अब सम्बन्धित कार्यालय प्रमुख नै जिम्मेवार ठहरिने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्पष्ट चेतावनी दिँदै यस्तो अवस्थामा कार्यालय प्रमुखलाई नै मुख्य दोषी मानेर कारबाही अघि बढाइने जनाएको छ।
मुख्यसचिव सुमनराज अर्यालमार्फत सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयहरूलाई परिपत्र जारी गर्दै सुशासन कायम गर्न कडा निर्देशन दिइएको हो। परिपत्रमा हालैको जनआन्दोलन र फागुन २१ को निर्वाचनपछि बनेको नयाँ सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरिएको छ।
अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालको अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्दै सरकारले सार्वजनिक निकायमा हुने नीतिगत, संस्थागत तथा प्रक्रियागत भ्रष्टाचार अन्त्य गर्न दृढ प्रतिबद्धता जनाएको छ। सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा हुने अनियमितता रोक्न तत्काल प्रभावकारी कदम चाल्न सचिवहरूलाई निर्देशन दिइएको छ।
सरकारले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने स्तरमा सुधार ल्याउन जोड दिँदै सेवा प्रवाहको शैली परिवर्तन गर्नुपर्ने उल्लेख गरेको छ। महिला, बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र असहाय वर्गलाई प्राथमिकतामा राखेर सेवा दिनुपर्ने तथा सेवाग्राहीसँग सभ्य व्यवहार, पारदर्शिता र तटस्थता कायम गर्नुपर्नेमा विशेष ध्यान दिन भनिएको छ।
यसैगरी, सबै सरकारी निकायमा हुने सम्भावित भ्रष्टाचार तथा मोलमोलाहिजाका गतिविधिमा सूक्ष्म निगरानी राख्न निर्देशन दिइएको छ। कार्यालय प्रमुखलाई नियमित कार्य सञ्चालनमा चुस्तता अपनाउन, मितव्ययिता कायम गर्न तथा आकस्मिक र छड्के अनुगमन गर्नसमेत भनिएको छ।
भ्रष्टाचारसम्बन्धी कुनै पनि सूचना प्राप्त हुनासाथ सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने र अनियमितता पुष्टि भएमा कार्यालय प्रमुखलाई नै मुख्य जिम्मेवार मानेर कारबाही अघि बढाइने सरकारको स्पष्ट चेतावनी छ।

Advertisement
प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी

बुधबार १४ असोज, २०८३
४ घण्टाअघि

महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल

बुधबार १४ असोज, २०८३
७ घण्टाअघि

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण

मङ्गलबार १३ असोज, २०८३
१ दिनअघि

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय

मङ्गलबार १३ असोज, २०८३
१ दिनअघि

कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे

मङ्गलबार १३ असोज, २०८३
१ दिनअघि

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मङ्गलबार १३ असोज, २०८३
१ दिनअघि
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०