दुईतिहाइ पुगे पनि नआत्तिन ओलीको आग्रह, ‘अरु पतन हुँदा पनि एमाले अझै तेस्रो शक्ति’

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ चैत, २०८२
५ महिनाअघि

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे प्रतिक्रिया दिँदै सांसदहरूलाई नआत्तिन आग्रह गरेका छन्। बिहीबार सांसदहरूलाई निर्देशन दिने क्रममा उनले एमाले चरम घट्दा पनि मुलुकको तेस्रो शक्तिका रूपमा रहेको बताएका हुन्।

ओलीले विगतको उदाहरण दिँदै भने, “रास्वपा यसअघि २१ सिटमा थियो, हामी अहिले पनि त्यतिबेलाको रास्वपाभन्दा बढी संख्यामा छौँ। हामी कुनै गल्तीका कारण सरकारबाट हटेका होइनौँ, बरु घृणा र चौतर्फी हमलाका कारण बाहिरिनुपरेको हो।”

उनले वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै यसलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताए। “चरम घट्दा पनि एमाले तेस्रो शक्तिका रूपमा कायम छ। यो सन्तोष गर्ने कुरा होइन, तर यथार्थ विश्लेषण हो। अब गम्भीर शिक्षा लिएर आफूलाई चुस्त–दुरुस्त बनाउँदै अघि बढ्नुपर्छ,” उनले भने।

ओलीले रास्वपाको दुईतिहाइ नजिकको सफलता अस्वाभाविक रहेको टिप्पणी गर्दै त्यसलाई ‘जादुमयी परिणाम’ को संज्ञा दिए। “जादुगरले परेवा निकालेजस्तो नतिजा आएको हो। यस्तो अवस्थाबाट आत्तिनु पर्दैन। कुनै पनि कुरा चरम बिन्दुमा पुगेपछि त्यसको गिरावट सुरु हुन्छ,” उनले भने।

प्रकाशित समय: बिहिबार १२ चैत, २०८२, १६:५१:२०
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०