जेन-जी अभियन्ता बममाथि दुर्व्यवहारको फ्रन्टले गर्‍यो भर्त्सना

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ चैत, २०८२
५ महिनाअघि

विराटनगर । नेपाल जेनजी फ्रन्टले माइतीघर मण्डलामा जेन-जी अभियन्ता रक्षा बममाथि भएको दुर्व्यवहारको कडा निन्दा गरेको छ।

भदौ २३ र २४ गतेका घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा भइरहेको शान्तिपूर्ण प्रदर्शनका क्रममा बममाथि बिहीबार दुर्व्यवहार भएको थियो । फ्रन्टले शान्तिपूर्वक आन्दोलन गर्ने अधिकारमाथि आक्रमण सह्य नहुने स्पष्ट पारेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै फ्रन्टले चैत ५ गते संयोजक बममाथि भएको घटनाको घोर भर्त्सना गरेको हो । शान्तिपूर्वक भेला हुने र विचार राख्ने संवैधानिक अधिकारको प्रयोग गरिरहेकी आन्दोलनकारीमाथिको आक्रमण सभ्य लोकतान्त्रिक समाजमा सह्य नहुने फ्रन्टले स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सहिद परिवार र घाइतेका आफन्तको पीडा, आक्रोश र प्रश्नलाई आफूहरूले सधैँ सम्मान गर्ने उल्लेख गरिएको छ। तर, आन्दोलनकारीबीच आपसमा हुने यस्ता आक्रमणले आन्दोलनलाई कमजोर बनाउने भन्दै फ्रन्टले सचेत गराएको छ।

विज्ञप्तिमा भनिएको छ,‘यी प्रश्नको उत्तर एकअर्कामाथि नभई राज्यसँग खोजिनुपर्छ । राज्यले अझैसम्म सत्य लुकाएर बसेको छ। यस्तो अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुर्व्यवहार र आक्रमणले आन्दोलनलाई थप कमजोर बनाउनेछ।’

विज्ञप्तिमा संयोजक बमको राजनीतिक अडान र इमानदारीको बचाउ गरिएको छ। बमले भदौ २३ गते बिहान माइतीघरमा आन्दोलनको अनुशासनबारे बोलेको, जङ्गी अड्डामा अनधिकृत प्रवेशको विरोध गरेको र निर्वाचित राष्ट्रपतिसँग मात्र छलफल गर्ने अडान राखेको स्मरण गराइएको छ।

फ्रन्टले भनेको छ,’सिंगो देश परिवर्तनको पक्षमा उभिरहेको र आन्दोलनको बलमा संसदमा पुग्न अत्यन्तै सहज रहेको अवस्थामा बमले सडक रोजेकी हुन् ।’

छानबिन प्रतिवेदन सार्वजनिक नहुने सम्भावना बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै फ्रन्टले सम्पूर्ण आन्दोलनकारी, घाइते र सहिद परिवार एउटै यात्राका साझेदार भएको बताएको छ।

 

प्रकाशित समय: शुक्रबार ६ चैत, २०८२, १३:२२:५५
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०