बालेन सरकारको तयारी: मन्त्रालय कटौती र कर्मचारी युनियन खारेज गर्ने योजना

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३० फाल्गुण, २०८२
७ महिनाअघि

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि मन्त्रालयको संख्या घटाउने र सरकारी सेवाका कर्मचारीले ट्रेड युनियनका नाममा दलनिकट भएर खोलेका संघ–संगठन खारेज गर्ने तयारी थालेको छ।

सरकार गठन प्रक्रिया सुरु नभए पनि रास्वपाले सरकारमा गएपछि गर्ने कामबारे अहिलेदेखि नै गृहकार्य गरिरहेको जनाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट रास्वपाले दुईतिहाइ नजिक बहुमत प्राप्त गरेको छ। उसले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ।

Advertisement

रास्वपाको चुनावी वाचापत्रअनुसार मन्त्रालयको संख्या घटाउने र कर्मचारीका दलनिकट संघ–संगठन खारेज गर्ने विषयमा अध्ययन भइरहेको छ। स्रोतका अनुसार शाह प्रधानमन्त्री हुनेबित्तिकै मन्त्रालयको संख्या हालको २२ बाट घटाएर १८ मा सीमित गर्ने तयारी भइरहेको छ।

मन्त्रालय संख्या घटाउने विषयमा विज्ञसहितको टोलीले अध्ययन गरिरहेको र यस काममा रास्वपा सचिवालय सदस्य शिशिर खनालले अगुवाइ गरिरहेको स्रोतको दाबी छ।

यसअघि पनि प्रशासन सुधारका लागि विभिन्न कार्यदलले मन्त्रालयको संख्या घटाउन सुझाव दिएका थिए। रामेश्वर खनाल संयोजकत्वको कार्यदल र काशीराज दाहाल संयोजकत्वको संघीय प्रशासन पुनर्संरचना समितिले समेत मन्त्रालयको संख्या घटाउनुपर्ने सुझावसहित प्रतिवेदन बुझाएका थिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०