नेकपाले माग्यो निर्वाचन समीक्षा प्रतिवेदन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २९ फाल्गुण, २०८२
५ महिनाअघि

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र समीक्षाका लागि सात दिनभित्र प्रतिवेदन बुझाउन मातहतका समितिलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाले ‘निर्वाचन विशेष निर्देशन–३’ पठाउँदै प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत गठित निर्वाचन परिचालन समितिलाई निर्देशन दिइएको हो।

पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित उक्त निर्देशनमा निर्वाचन परिचालनका क्रममा भएका समग्र गतिविधिको तथ्ययुक्त अध्ययन गरी एक हप्ताभित्र केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन भनिएको छ।

असामान्य परिस्थितिका बीच पार्टीले गरेको काम र प्रतिस्पर्धी दलको गतिविधिको सूक्ष्म अध्ययन गर्न भन्दै नेतृत्वले समीक्षा प्रतिवेदन माग गरेको हो। एक हप्ताभित्र पठाउनुपर्ने सो प्रतिवेदनमा निर्वाचन परिचालन समितिको गठन, नेता कार्यकर्ताको जिम्मेवारी निर्धारण, प्रचार अभियानको योजना, आर्थिक परिचालन, प्रचार सामग्रीको वितरण र डिजिटल मिडिया तथा सामाजिक सञ्जालको प्रयोगबारे तथ्ययुक्त विश्लेषण गर्न निर्देशन दिइएको छ।

बुथ समिति निर्माण, स्वयंसेवक परिचालन, आफ्ना उम्मेदवारको प्रभावकारिता, विपक्षी दलका गतिविधि, प्रमुख दलले प्राप्त गरेको मतको अवस्था, निर्वाचनमा आइपरेका चुनौती र समग्र सबल तथा कमजोर पक्षलाई समेटेर सुझावसहितको यथार्थ प्रतिवेदन यथाशीघ्र पठाउन नेतृत्वले निर्देशन दिएको छ।

नेकपाले निर्वाचनमा अपेक्षा गरे अनुसारको परिणाम नआउनुमा विभिन्न कारण रहेको जनाएको छ।

प्रकाशित समय: शुक्रबार २९ फाल्गुण, २०८२, १३:३५:४२
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०