तत्कालीन गृहमन्त्री बादल र सवेन्द्र खनाल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २९ फाल्गुण, २०८२
७ महिनाअघि

विराटनगर । सर्वोच्च अदालतले नेकपा माओवादी (विप्लव)का नेता कुमार पौडेलको हत्यामाथि अनुुसन्धान गर्न आदेश दिएको छ। सर्वोच्चको आदेशसँगै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), प्रहरी महानिरिक्षक सवेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धान हुनेछ । बिहीबार न्यायाधीशहरू डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले जाहेरीमाथि अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो।

सर्लाहीको लालबन्दी नजिक लखन्देही जंगलमा २०७६ असार ५ गते प्रहरीको गोली लागी पौडेलको मृत्यु भएको थियो । प्रहरीले दोहोरो मुठभेड भने पनि पीडित परिवारले नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाएका छन् ।

Advertisement

कुमारकी आमा दुर्गादेवी पौडेलले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले जाहेरी नलिएपछि सर्वोच्चमा रिट दायर गरिएको थियो ।

यसअघि २०७८ सालमा अदालतले अनुसन्धान आदेश दिएको थियो । तर कार्यान्वयन भएन ।

यसले तत्कालीन प्रमुख जिल्ला अधिकारी राउत (हाल निर्वाचन आयोग सचिव), पूर्वआईजीपी खनाल, प्रहरी अधिकृत कृष्णदेव साह, विनोद शाह, सत्यनारायण मिश्र, एसपी गोपाल भट्टराई, डीआईजी हरिबहादुर पाल, इन्सपेक्टर किरण न्यौपाने, असई सूर्यकुमार कार्की, डा. वीरेन्द्र मण्डल र बागमती नगरपालिका मेयर भरतकुमार थापासहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न बाटो खोलिदिएको छ ।

पीडित परिवारका अनुसार घटना राजनीतिक प्रतिशोध र स्थानीय नेताहरूको योजनाबाट भएको हो, जसमा बादलको निर्देशन र खनालको संलग्नता रहेको दाबी छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०