महानिरीक्षक कार्कीको चेतावनी : मौन अवधिको दुरुपयोग गरे तत्काल कारबाही हुन्छ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २० फाल्गुण, २०८२
६ महिनाअघि

काठमाडौं— प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन्। मौन अवधिको समयमा सामाजिक सञ्जाल दुरुपयोग गर्ने वा निर्वाचन आचारसंहिता विपरीत गतिविधि गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइने उनले स्पष्ट पारे।

मौन अवधिको पूर्ण पालना गर्न राजनीतिक दल तथा सरोकारवालालाई आग्रह गर्दै उनले यस अवधिमा सुरक्षा निगरानी कडा पारिएको जानकारी दिए। “मौन अवधिमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई हामीले कानुनी दायरामा ल्याएका छौं,” उनले भने, “निर्वाचन आचारसंहिता विपरीत हुने गतिविधिलाई सबै सुरक्षा निकायले एकीकृत रूपमा व्यवस्थापन गरिरहेका छन्।”

उनका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग समन्वयात्मक रूपमा परिचालित छन्। गृह मन्त्रालयको प्रत्यक्ष नेतृत्वमा सूचना सङ्कलन, संयुक्त गस्ती तथा तत्काल सम्बोधनका काम भइरहेको उनले बताए।

कुनै पनि मतदान केन्द्र कब्जा गर्न खोज्ने, मतदातालाई धम्क्याउने वा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने गतिविधि सह्य नहुने चेतावनी दिँदै उनले आवश्यक परे कानुनअनुसार बल प्रयोग गरिने उल्लेख गरे।

सुरक्षा संयन्त्रले शान्तिपूर्ण मतदानको वातावरण तयार गरिसकेको दाबी गर्दै महानिरीक्षक कार्कीले आम मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेका छन्।

प्रकाशित समय: बुधबार २० फाल्गुण, २०८२, १५:१३:१७
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०