बालेन शाहद्वारा ‘झापा–५ वाचापत्र’ सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ११ फाल्गुण, २०८२
६ महिनाअघि

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिएका छन्।
शाहले सङ्घीय सांसदको हैसियतले गर्ने कामहरू वाचापत्रमा समेटेका छन्। ‘मेरो प्रतिबद्धता’ शीर्षकअन्तर्गत शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका र पर्यटन तथा उद्योग क्षेत्रका योजनाहरू उल्लेख गरिएको छ। त्यसैगरी खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन तथा कला–संस्कृतिका क्षेत्रमा गर्ने कार्यहरू बुँदागत रूपमा प्रस्तुत गरिएको छ।
वाचापत्रमा उनले स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन्। रास्वपाको सरकार गठन भएमा स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय र सहकार्य गर्दै पाँच वर्षभित्र वाचापत्रमा उल्लिखित कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शाहले राजनीतिलाई पेशा नभई सेवा ठान्ने स्पष्ट पार्दै बेथिति र भ्रष्टाचारविरुद्ध संसद्मा सशक्त रूपमा उभिने अठोट व्यक्त गरेका छन्। राष्ट्रहितविपरीत कुनै सम्झौता नगर्ने र सार्वजनिक सेवालाई प्रभावकारी तथा पारदर्शी बनाउने प्रतिबद्धता पनि उनले जनाएका छन्।

प्रकाशित समय: सोमबार ११ फाल्गुण, २०८२, १२:०९:२१
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०