रतुवामाईमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १० फाल्गुण, २०८२
१ महिनाअघि

विराटनगर । १७ औँ रतुवामाई नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रतुवामाई नगरपालिका-६ स्थित सौँठा माध्यमिक विद्यालयमा आइतबार सुरू भएको छ ।

रतुवामाई नगरपालिकाका मेयर एवम् प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नागेश्वर प्रसाद सिंहले फागुन १०, ११ र १२ गतेसम्म चल्ने तीन दिवसीय प्रतियोगिताको उद्घाटन गर्दै आगामी दिनमा नगरपालिकाबाट प्रतियोगिताका लागि थप बजेट विनियोजन गरिने बताए ।

बालबालिकाको खेलप्रतिको लगाव र चौतर्फी विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एउटा अवसर भएकाले सोही अनुसार नगरपालिकाले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित बनाउने मेयर सिंहले जानकारी दिए ।

उनले प्रतियोगिता केवल विद्यालयमा सम्पन्न गरिने एउटा वार्षिक गतिविधिमात्र नभइ उत्सवका रूपमा मनाउने गरी तयारी गर्न शिक्षक र कर्मचारीलाई मेयर सिंहले आग्रह समेत गरे ।

रतुवामाई नगरपालिकाकी उपमेयर दमयन्ता चुडालले बालबालिकाले घरपछि सबैभन्दा बढी समय विद्यालयमा बिताउने भएकाले र उनीहरूलाई लागु औषधको कुलतबाट बचाउन विद्यालयले विशेष निगरानी गर्नुपर्ने बताइन् ।

उनले पछिल्ला दिनमा विद्यालय समयमा लागु औषध सेवन गर्नेृ बालबालिकाको सङ्ख्या बढ्दै गएकाले त्यसतर्फ समेत शिक्षकसहित अभिभावक सचेत हुनुपर्ने बताइन् ।

उद्घाटन सत्रको पहिलो दिनको खेलमा लङ जम्प छात्रतर्फ अरुन कुमाल सरस्वती मावि कादुपाडा, सुदीपकुमार सदा सरस्वती मावि कल्याणपुर र सेमन तामाङ मुनाल आर्दश बोर्डिङ क्रमश प्रथम, द्धितिय र तृतीय भएको शिक्षक अशोककुमार तामाङले जानकारी दिए ।

सोही प्रतियोगिताको छात्रातर्फ एलिमा राजवंशी सिजुवा मावि, अमृताकुमारी माझी सरस्वती मावि कल्याणपुर र दामिनी सहनी राइजिङ बोर्डिङ स्कूल क्रमश प्रथम, द्धितिय र तृतीय भए ।

छात्रतर्फ ८ सय मिटर दौडमा करण सिंह मुनाल आर्दश बोर्डिङ, दीपक राजवंशी सुनवर्षी मावि र विवेक परियार सरस्वती मावि इटहरा क्रमश प्रथम, द्धितिय र तृतीय भए ।

सोही प्रतियोगिताको छात्रातर्फ आरती मगर सरस्वती मावि इटहरा, मनिका पासवान सुनवर्षी मावि र अञ्जली शाह मुनाल आर्दश बोर्डिङ क्रमश प्रथम, द्धितिय र तृतीय भए ।

सटपुट छात्रातर्फ निशा राउत जनता मावि ठकठकिया, अमिशा ताजपुरिया मुनाल आर्दश बोर्डिङ र उर्मिला तामाङ सुनवर्षी मावि क्रमश प्रथम, द्धितिय र तृतीय भए ।

सोही प्रतियोगिताको छात्रतर्फ रविन तामाङ महेन्द्र मावि देवीस्थान, रोशन नेपाली सरस्वती मावि इटहरा र कृष्ण साह दाम्राभिट्टा एकेडेमी क्रमश प्रथम, द्धितिय र तृतीय भएको शिक्षक अशोककुमार तामाङले बताए ।

उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षाप्रेमी र समाजसेवीलगायतको उपस्थिति थियो ।

प्रतियोगितामा रतुवामाई नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको सौँठा माविका लेखापाल धर्मराज पोखरेलले बताए ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन सत्रमा विभिन्न विद्यालयले झाँकीसहित सांस्कृतिक कार्यक्रमको प्रस्तुति गरेका थिए ।

प्रकाशित समय: आईतबार १० फाल्गुण, २०८२, २०:१९:१०
प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विज्ञमा दिपा दाहाल नियुक्त
शुक्रबार २० चैत, २०८२
सभामुखमा डीपी अर्याल निर्विरोध
शुक्रबार २० चैत, २०८२
इटाली फुटबल संकटमा: अध्यक्ष पद खाली, २०३२ युरोसमेत जोखिममा
शुक्रबार २० चैत, २०८२
रास्वपा उपसभापति अर्यालले गराए सभामुखमा उम्मेदवारी दर्ता
शुक्रबार २० चैत, २०८२
निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे विजयी
शुक्रबार २० चैत, २०८२
इरान युद्धबीच अमेरिकी सेना प्रमुख बर्खास्त, पेन्टागनमा ठूलो फेरबदल
शुक्रबार २० चैत, २०८२
४०० भन्दा बढी प्राविधिक पदमा नेपाल प्रहरीको भर्ना खुल्यो
शुक्रबार २० चैत, २०८२
सभामुखका लागि आज उम्मेदवारी दर्ता, चैत २२ मा निर्वाचन
शुक्रबार २० चैत, २०८२
जेन-जी आन्दोलन प्रकरण: रमेश लेखक विरुद्ध अनुसन्धानमा फेरि म्याद थप
बिहिबार १९ चैत, २०८२
मोबाइलमा एसइईको प्रश्नपत्र लिएर हिँड्ने एक जना पक्राउ
बिहिबार १९ चैत, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०