कांग्रेसका कार्कीले चुनावको मुखमा पार्टी प्रवेश गराए एमाले नेतृ मेहतासहित ५० जनालाई !

प्रवेश तिम्सिना
मङ्गलबार ५ फाल्गुण, २०८२
३ महिनाअघि

विराटनगर । नेपाली कांग्रेसबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेकी नेतृ सवितादेवी मेहतासहित ५० जनालाई पार्टी प्रवेश गराएका छन् । चुनावको मुखैमा एमालेमा ‘पहिरो ल्याउँदै’ कार्कीले मंगलबार उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्ष पदमा चुनाव लडेकी भोक्राहा नरसिंह गाउँपालिकाकी मेहतासहित ५० जनाभन्दा बढीले नेकपा एमाले परित्याग गरेका हुन् ।

कांग्रेसमा समाहित भएपछि मेहताले एमाले पार्टीमाथि बढेको वितृष्णा र आम जनताको एमालेप्रतिको मनोभावना बद्लिएका कारण एमाले यस्तो निर्णय लिएको बताइन् । उनीहरूलाई अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका कार्कीले रूपान्तरित कांग्रेसमा समाहित हुँदा आफूलाई खुसी मिलेको बताए ।

कांग्रेसका नेता ‘ह्याट्रिक’ जितको खोजी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेस्रो पटक सुनसरी ४ बाट उम्मेदवार बनेका छन् । यसअघि कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ मा एमालेका जगदीशप्रसाद कुसियैतलाई मात्र ११० मतान्तरले हराएका थिए । त्यसभन्दा अघि २०७४ सालको निर्वाचनमा भने उनी आफ्ना निकटतम् प्रतिद्वन्द्वी एमालेकै रमेश श्रेष्ठमाथि झन्डै सात हजार मतान्तरको जित दर्ता गर्न सफल भएका थिए ।

अब, तेस्रो पटक संघीय सांसद बनेर सुनसरी–४ को सर्वांगीण विकास गर्ने लक्ष्य लिएर चुनावी मैदानमा होमिएका कार्कीले मुख्य रूपमा पुनः एमालेका कुसियैत र नेपाली कम्युनिस्ट पार्टीका महमद महफुज अन्सारीसँग प्रतिस्पर्धा गर्दै छन् ।

कार्की अर्थमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्री भएर जिम्मेवारी बहन गरिसकेका व्यक्ति हुन् । कांग्रेसको विशेष महाधिवेशनपछि निवर्तमान केन्द्रीय सदस्य हुन् ।

प्रकाशित समय: मङ्गलबार ५ फाल्गुण, २०८२, १२:२७:५८

सम्बन्धित खबर

संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए

मङ्गलबार १२ जेठ, २०८३
१७ घण्टाअघि

‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’

मङ्गलबार १२ जेठ, २०८३
१८ घण्टाअघि

प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई

मङ्गलबार १२ जेठ, २०८३
२० घण्टाअघि

पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन

मङ्गलबार १२ जेठ, २०८३
२१ घण्टाअघि

सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल

मङ्गलबार १२ जेठ, २०८३
२१ घण्टाअघि

सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?

मङ्गलबार १२ जेठ, २०८३
२१ घण्टाअघि
संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए
मङ्गलबार १२ जेठ, २०८३
‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
मङ्गलबार १२ जेठ, २०८३
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने
मङ्गलबार १२ जेठ, २०८३
पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल
मङ्गलबार १२ जेठ, २०८३
सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल
मङ्गलबार १२ जेठ, २०८३
सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?
मङ्गलबार १२ जेठ, २०८३
त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद् श्रेष्ठको माग
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०