रवि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नहुने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ५ फाल्गुण, २०८२
८ महिनाअघि

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ।

सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईको इजलासले मुद्दा फिर्तासम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतबाट निर्णय नभएसम्म मुद्दा फिर्ता गर्न नसकिने आदेश दिएको हो।

Advertisement

यसअघि महान्यायाधिवक्ता सविता भण्डारी ले पुस ३० गते लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गर्दै जिल्ला सरकारी वकिलको कार्यालयलाई परिपत्र गरेकी थिइन्। सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएको थियो।

तर उक्त निर्णयविरुद्ध युवराज पौडेल (युवराज सफल)ले माघ २ गते सर्वोच्च अदालत मा रिट दायर गरेका थिए। सुनुवाइका क्रममा महान्यायाधिवक्ताले मुद्दा दर्तापछि थप प्रमाण फेला परेकाले फिर्ता लिने निर्णय गरिएको उल्लेख गरेकी थिइन्।

सर्वोच्च अदालतले थप प्रमाण पेस गर्न आदेश दिएको छ। आदेशअनुसार प्रमाण पेस भएपछि सर्वोच्चमा पुनः सुनुवाइ हुनेछ।

लामिछानेविरुद्ध काठमाडौं, कास्की, चितवन र रुपन्देहीलगायत जिल्लामा मुद्दा दायर रहेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०