इटहरीमा बुद्धिजीवीहरुसँग भगबती चौधरीको अन्तरक्रिया,सुनसरी–३ लाई नमुना क्षेत्र बनाउने प्रतिबद्धता

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ४ फाल्गुण, २०८२
६ महिनाअघि

सुनसरी निर्वाचन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भगवती चौधरीले आफ्नो क्षेत्रलाई मुलुककै उत्कृष्ट नमुना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गर्दै मतदातासँग समर्थन मागेकी छन् ।

नेकपा एमालेकी नेतृ चौधरीले इटहरीमा प्राध्यापक, बुद्धिजीवी तथा समाजसेवीहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा सुनसरी–३ लाई मुलुककै उत्कृष्ट नमुना क्षेत्र बनाउने लक्ष्य लिएको बताएकी छन् । पूर्वमन्त्रीसमेत रहेकी चौधरीले विगत साढे तीन वर्षमा करिब सवा अर्ब रुपैयाँ बराबरको विकास बजेट भित्र्याएको पनि उल्लेख गरिन् ।

२०७९ को संसदीय निर्वाचन जितेर मन्त्री बनेपछि सडक, पुललगायतका पूर्वाधार योजनामा उल्लेख्य प्रगति भएको बताउँदै उनले अरू थप योजना कार्यान्वयनको चरणमा रहेको सुनाइन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएमा अधुरा योजनालाई पूर्णता दिने उनको प्रतिबद्धता छ ।

साथै, शिक्षा–स्वास्थ्यको गुणस्तर सुधार गर्ने, खानेपानी तथा कृषि क्षेत्रमा लगानी बढाउने र युवाका लागि स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उनले बाचा व्यक्त गरिन् । ग्रामीण उद्योगमार्फत कम्तीमा ५ हजार युवालाई स्वरोजगार बनाउने लक्ष्यसमेत उनले अघि सारेकी छन् ।

त्यसबाहेक चौधरीले क्षेत्रलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योगका आधारमा वर्गीकरण गरी योजनाबद्ध विकास मोडल कार्यान्वयन गर्ने योजना रहेको बताइन् । साथै केही ठूला उद्योग स्थापना गर्न पहल भइरहेको पनि जानकारी दिइन् ।

कार्यक्रममा सहभागी बुद्धिजीवी तथा समाजसेवीहरूले व्यवहारिक र कार्यान्वयनयोग्य योजना लिएर जनतामाझ जान सुझाव दिएका थिए । कार्यक्रममा तीन दर्जनभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो ।

प्रकाशित समय: सोमबार ४ फाल्गुण, २०८२, ०८:५७:५८
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग
मङ्गलबार १९ साउन, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित
मङ्गलबार १९ साउन, २०८३
सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?
मङ्गलबार १९ साउन, २०८३
प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता
मङ्गलबार १९ साउन, २०८३
सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०