रामधुनी मन्दिरका माध्यमबाट धार्मिक पर्यटन भित्र्याउन भूमिका खेल्ने छु : ज्ञानेन्द्र कार्की

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३ फाल्गुण, २०८२
८ महिनाअघि

रामधुनी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो क्षेत्रमा पर्ने रामधुनी मन्दिरका माध्यमबाट धार्मिक पर्यटन भित्र्याउन भूमिका खेल्ने बताएका छन् ।

महाशिरात्रिको अवसर पारेर आइतबार पूजा–आजा गरेपछि बोल्दै नेपाली कांग्रेसका उम्मेदवार कार्कीले रामधुनी मन्दिरका माध्यमबाट धार्मिक पर्र्यटन भित्र्याउन आफ्नो भूमिका रहने बताएका हुन् ।

Advertisement

रामधुनीको मन्दिरलाई नेपालकै अमूल्य सम्पदाका रूपमा लिन सकिने बताउँदै उनले यो मन्दिरको संरक्षण गर्न पनि आफू प्रयत्नरत रहेको स्मरण गराए । ऐतिहासिक तथ्यांकका आधारमा अत्यन्त महत्त्वपूर्ण धार्मिक सम्पदा रहेको यस मन्दिर सुनसरी–४ सहित मुलकुकै लागि समृद्धिको एउटा आधार रहेको बताए ।

आफू निर्वाचित भएमा रामधुनी मन्दिरको धार्मिक महत्त्व र ऐतिहासिकतालाई उजागर गरी धार्मिक पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने कुरामा आफ्नो ध्यान पूर्ण रूपमा केन्द्रित गर्ने उनको प्रतिबद्धता छ ।

अर्थमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्री भएर जिम्मेवारी बहन गरिसकेका कार्की कांग्रेसको विशेष महाधिवेशनपछि निवर्तमान केन्द्रीय सदस्य हुन् ।

विशेष महाधिवेशनपछि चयन भएको कांग्रेसको नयाँ नेतृत्वले उनलाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा फेरि सुनसरी–४ मा उम्मेदवार बनाएको हो । यहाँबाट नेकपा एमालेबाट जगदिशप्रसाद कुसियैत र नेपाली कम्युनिस्ट पार्टीबाट महमद महफुज अन्सरी उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी–४ का लागि दीपककुमार साह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रेमप्रसाद भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेस नेता कार्की उम्मेदवार रहेको सुनसरी–४ मा १७ जना विभिन्न दलबाट र १६ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा छन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा कार्की यही क्षेत्रमा झिनो (११०) मतले निर्वाचित भएका थिए । त्यसअघि २०७४ सालको निर्वाचनमा भने उनी आफ्ना निकटतम् प्रतिद्वन्द्वीभन्दा झन्डै सात हजार मतले निर्वाचित भएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
१७ घण्टाअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
१ दिनअघि

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
२ दिनअघि

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
३ दिनअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
३ दिनअघि
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०