स्थापना दिवसमा मुख्यमन्त्री कार्कीको दाबी: कोशी प्रदेशले उल्लेख्य प्रगति गरेको छ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३ फाल्गुण, २०८२
८ महिनाअघि

विराटनगर — हिक्मत कुमार कार्की ले कोशी प्रदेश सरकारले स्थापनाको आठौँ वर्षमा उल्लेख्य प्रगति गरेको बताएका छन्।

आज प्रदेश सरकारको स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रदेशमा महत्वपूर्ण काम भए पनि त्यसलाई नजरअन्दाज गरी नकारात्मक प्रचार गरिएको टिप्पणी गरे। नेपालको संविधान २०७२ जारी भएपछि २०७४ साल मंसिरमा प्रदेशसभा निर्वाचन सम्पन्न भई फागुन ३ गते सरकार गठन भएको र आज नवौँ वर्षमा प्रवेश गरेको उनले उल्लेख गरेका छन्।

Advertisement

मुख्यमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाअनुसार प्रदेश सरकार सञ्चालन हुँदै छोटो अवधिमै भौतिक पूर्वाधार, सामाजिक विकास तथा नागरिकको जीवनस्तर उकास्ने क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरिएको दाबी गरे।

प्रदेश संरचनामाथि प्रहार हुने गरेको उल्लेख गर्दै उनले पारदर्शिता, जवाफदेहिता, जनमुखी सेवा र सुशासनलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताए। संघीय सरकारसँग सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा आवश्यक कानुन निर्माण तथा कार्यान्वयनमा जोड दिइएको पनि उनले बताए।

लगानी सम्मेलनमार्फत करिब दुई खरब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भई कार्यान्वयन चरणमा जानु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ। साथै पर्यटन वर्ष घोषणा, पदमार्ग निर्माण, सडक सञ्जाल विस्तार र पुल निर्माणलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारलाई देखिने, सुन्ने र अनुभूति गर्न सकिने ‘जनताको सरकार’का रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०