पूर्वाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न, १९४ अनुसन्धानपत्र प्रस्तुत

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ फाल्गुण, २०८२
८ महिनाअघि

मोरङ — मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आयोजित दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। शैक्षिक अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सम्मेलनमा १९४ वटा अनुसन्धानमूलक लेख प्रस्तुत गरिएको आयोजकले जनाएको छ।

सम्मेलनमा कला, कानुन तथा शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि र मेडिसिन एन्ड हेल्थ साइन्स गरी पाँच प्रमुख विषयगत थिममा समानान्तर सत्र सञ्चालन गरिएको थियो। स्वदेश तथा विदेशबाट सहभागी प्राध्यापक, अनुसन्धानकर्ता र विज्ञहरूले आ–आफ्ना अध्ययन तथा अनुसन्धानका निष्कर्ष प्रस्तुत गर्दै समसामयिक चुनौती, नवप्रवर्तन र समाधानका उपायबारे गहन छलफल गरेका थिए।

Advertisement

विश्वविद्यालयका उपकुलपति बिजु कुमार थपलियाले सम्मेलनले शैक्षिक उत्कृष्टता अभिवृद्धि गर्न तथा अनुसन्धानलाई व्यवहारिक विकाससँग जोड्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उलेन यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले ज्ञान, अनुभव र प्रविधिको आदानप्रदानमार्फत विश्वविद्यालयको अन्तर्राष्ट्रिय पहिचान थप सुदृढ हुने विश्वास व्यक्त गरे।

सम्मेलनबाट विकास व्यवस्थापन, दिगो वातावरण संरक्षण, स्वास्थ्य सेवा सुधार तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका क्षेत्रमा नीतिगत र व्यवहारिक सुझाव प्राप्त भएको जनाइएको छ। सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अनुसन्धान–केन्द्रित शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण

मङ्गलबार १३ असोज, २०८३
३ दिनअघि

देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क

सोमबार १२ असोज, २०८३
४ दिनअघि

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शनिवार १० असोज, २०८३
६ दिनअघि

एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित

बिहिबार ८ असोज, २०८३
१ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

बिहिबार ८ असोज, २०८३
१ हप्ताअघि

कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा

बिहिबार ८ असोज, २०८३
१ हप्ताअघि
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०