एनआरएनलाई लगानी र रकम फिर्ता लैजान सहज कानुनी वातावरण बनाइने : मुख्यमन्त्री कार्की

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० माघ, २०८२
८ महिनाअघि

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैर–आवासीय नेपाली (एनआरएन) तथा विश्वभर छरिएका नेपालीभाषीहरूलाई स्वदेशमा सहज रूपमा लगानी गर्ने र आर्जित रकम फिर्ता लैजान पाउने कानुनी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

प्रदेश सरकारले गत वैशाखमा आयोजना गरेको लगानी सम्मेलनको उपलब्धि र प्रक्रियागत अवस्थाबारे आज विराटनगरमा आयोजित सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। नेपाललाई मातृभूमि वा पितृभूमि मान्ने ठूलो जनशक्ति विदेशमा रहेकाले उनीहरूलाई नेपाल आउने–जाने, लगानी गर्ने तथा नाफा लैजाने प्रक्रिया प्रशासनिक झन्झटमुक्त बनाउनुपर्ने उनले बताए।

Advertisement

नीति स्पष्ट भए पनि प्रशासनिक ढिलासुस्ती र कानुनी जटिलताका कारण लगानीकर्ता निरुत्साहित भइरहेको उल्लेख गर्दै उनले आवश्यकता परे सात दिनभित्र अध्यादेश ल्याएर भए पनि सुधार गरिने प्रतिबद्धता जनाए। उत्कृष्ट नीति भए पनि कानुनमा रूपान्तरण गर्दा व्यावहारिक समस्या देखिएको उनको भनाइ थियो। वन ऐन र संघीय संरचनाका कतिपय प्रावधानले विकासमा अवरोध सिर्जना गरेको उनले उल्लेख गरे।

कर्मचारीतन्त्रमा फाइल अड्किने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले लगानीमैत्री कानुन निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए।

स्थानीय उत्पादन प्रवर्धन र निर्यात सम्भावनाबारे चर्चा गर्दै उनले कोदोको रक्सीलाई ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने धारणा राखे। इन्धन आयात घटाउन र वैदेशिक मुद्रा बचत गर्न इथानोल उत्पादनलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै उदयपुरमा उद्योग स्थापना प्रक्रिया अघि बढेको बताए।

प्रदेशमा रहेका ५१ वटा ठूला लगानी परियोजनामध्ये ५० वटामा प्रगति भइरहेको र लगानीकर्तासँग प्रत्येक तीन महिनामा प्रत्यक्ष संवाद गर्ने कार्यतालिका बनाइने उनले जानकारी दिए।

देशको न्यून जनसंख्या वृद्धिदर र तीव्र बसाइँसराइप्रति चिन्ता व्यक्त गर्दै उनले पहाडी क्षेत्र खाली हुन नदिन उद्योग र पूर्वाधार विकासमार्फत रोजगारी सिर्जना गर्नुपर्ने बताए। नेपालको भू–राजनीतिक अवस्थालाई अवसरका रूपमा उपयोग गर्दै भारत र चीनका पर्यटक भित्र्याउने ठोस योजना बनाउनुपर्नेमा उनले जोड दिए।

आगामी पाँच वर्षभित्र सडक, हवाई मार्ग र प्रशासनिक सुधार गरी वार्षिक करोडौँ पर्यटक भित्र्याएर मुलुकलाई आर्थिक रूपमा सबल बनाउन सकिने विश्वास उनले व्यक्त गरे।

गत वैशाख १८ र १९ गते विराटनगरमा ‘नेपालमा प्रादेशिक तहको पहिलो लगानी सम्मेलन’ सम्पन्न भएको थियो। ‘प्रदेश समृद्धिको आधारः उद्योग, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ नारासहित आयोजित सम्मेलनमा ७१ वटा आयोजना सोकेस गरिएको थियो। ५१ परियोजनाका लागि कुल १ खर्ब ५७ अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको जनाइएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०