रवि लामिछाने रुपन्देहीमा, पाँचै निर्वाचन क्षेत्रमा जनसम्पर्क अभियान गर्ने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २७ माघ, २०८२
७ महिनाअघि

बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार साँझ रुपन्देही आइपुगेका छन्। उनी मणिग्रामस्थित तारे होटल विश्राम बाटिकामा बसेका छन्।

रास्वपाका अनुसार सोमबार लामिछानेले रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यक्रम सञ्चालन गर्नेछन्। बिहान ८ बजे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत देवदहको खैरेनीबाट जनसम्पर्क अभियान सुरु भएको पार्टीले जनाएको छ।

रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माका अनुसार लामिछानेले दिनभर पाँच निर्वाचन क्षेत्रका २६ स्थानमा पुग्ने कार्यक्रम तय भएको छ। बिहान ११ बजे क्षेत्र नं. ३ को भैरहवा, दिउँसो १ बजे क्षेत्र नं. ४ को कोटहीमाई–मर्चवार क्षेत्र, २ बजे क्षेत्र नं. ५ को पर्सहवा, सवा ३ बजे क्षेत्र नं. २ को मोतिपुर हुँदै बुटवल, नयाँगाउँ र सालझण्डी हुँदै सवा ६ बजे बुद्ध जन्मस्थल लुम्बिनी तथा मायादेवी मन्दिर पुग्ने कार्यक्रम रहेको छ।

यद्यपि सबै स्थानमा सम्बोधन नहुने र केही चयनित स्थानमा मात्र छोटो सम्बोधन हुने शर्माले जानकारी दिए।

रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा रास्वपाबाट क्रमशः क्षेत्र नं. १ मा महामन्त्री सुनिल लम्साल, क्षेत्र नं. २ मा सुलभ खरेल, क्षेत्र नं. ३ मा डा. लेखजंग थापा, क्षेत्र नं. ४ मा कन्हैया बनिया र क्षेत्र नं. ५ मा तौफिफ अहमद खान उम्मेदवार रहेका छन्।

रुपन्देहीको कार्यक्रम सकेपछि रवि लामिछाने सोमबार राति कपिलवस्तु प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित समय: सोमबार २७ माघ, २०८२, ०८:४८:२८
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०