टी–२० विश्वकपमा न्यूजिल्यान्डको शानदार सुरुआत, अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै इतिहास रच्यो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २६ माघ, २०८२
८ महिनाअघि

टी–२० विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले विजयी सुरुआत गरेको छ। भर्खरै सम्पन्न खेलमा न्यूजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको हो।

१८३ रनको चुनौतीपूर्ण लक्ष्य न्यूजिल्यान्डले १७.५ ओभरमै ५ विकेट गुमाएर पूरा गर्‍यो। यो टी–२० विश्वकप इतिहासमा न्यूजिल्यान्डले सफलतापूर्वक पछ्याएको सबैभन्दा ठूलो लक्ष्य हो। यसअघि न्यूजिल्यान्डले सन् २०२१ मा अबुधाबीमा इङ्गल्याण्डविरुद्ध १६७ रनको लक्ष्य पछ्याएको थियो।

Advertisement

न्यूजिल्यान्डको जितमा टिम शेफर्टले विष्फोटक ब्याटिङ प्रदर्शन गरे। उनले ४२ बलमा ६५ रन जोड्दै टोलीलाई जिततर्फ डोर्‍याए। यस्तै, ग्लेन फिलिप्सले ४२, मार्क चापम्यानले २८ रन बनाए। डेरिल मिचेल २५ रनमा आउट हुँदा मिचेल सान्टनर १४ रनमा नटआउट रहे।

अफगानिस्तानका बलरमध्ये मुजीब रहमानले दुई विकेट लिए भने अजमुतल्लाह ओमारजाइ, राशिद खान र मोहम्मद नाबीले एक–एक विकेट हात पारे।

यसअघि चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। अफगानिस्तानका लागि गुलबदिन नइबले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ६३ रन बनाए।

त्यसैगरी सेदिकुल्लाह अटलले २९, रहमानुल्लह गुरबाजले २७, डार्विस रसुलीले २० तथा अजमुतल्लाह ओमारजाइले १४ रनको योगदान दिए। बलिङतर्फ न्यूजिल्यान्डका लोकी फर्ग्युसनले दुई विकेट लिए भने म्याट हेनरी, रचिन रविन्द्र र जेकोब डफीले एक–एक विकेट लिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०