निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध, सुरक्षा निगरानी कडा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २५ माघ, २०८२
७ महिनाअघि

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ।

केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको जानकारी गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले दिए। सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने पनि उनले बताए।

उनका अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको निगरानीका लागि विशेष टोली परिचालन गरिएको छ। निर्वाचन विरोधी गतिविधिमा संलग्न हुनेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको काफ्लेले स्पष्ट पारे।

त्यस्तै, निर्वाचन प्रहरीको बीमाको व्यवस्था, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान तथा आवश्यक प्रबन्ध मिलाउने तयारीसमेत भइरहेको उनले जानकारी दिए। गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचन सुरक्षामा कुनै कमजोरी नदेखिने गरी उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार जिम्मेवार निकायहरूले गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाको समीक्षा गर्दै सुरक्षा व्यवस्था अझ प्रभावकारी बनाउन निर्देशन दिएको पनि प्रवक्ता काफ्लेले बताए।

मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन अनुरोध गर्दै मिथ्या, भ्रमपूर्ण तथा कसैलाई लाञ्छना लगाउने सामग्री पोस्ट नगर्न आग्रह गरेको छ। त्यस्ता गतिविधिमा संलग्न भए कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

प्रकाशित समय: शनिवार २५ माघ, २०८२, २१:०६:०२
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०