प्रतिबद्धता पूरा नगर्ने नेतालाई जनताले सजाय दिनुपर्छ : रवि लामिछाने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २५ माघ, २०८२
७ महिनाअघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेताले बोलेको कुरा तोकिएको समयमा पूरा नगरे जनताले सजाय दिनुपर्ने बताएका छन्।

चितवनस्थित पोखरा बसको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिबद्धता पूरा नगरी नेताहरू हाँसेर हिँड्न नपाउने स्पष्ट पारे।
‘भनेको कुरा पूरा नगर्दा, भाका पूरा नगर्दा जनताले सजाय दिनुपर्छ। बोल्दै हिँड्ने तर काम नगर्ने नेताले यतिकै हाँसेर हिँड्न पाइँदैन,’ उनले भने।

आगामी निर्वाचनलाई लक्षित गर्दै लामिछानेले यसपटक पार्टीले नागरिकसँग प्रत्यक्ष करार गरेर अघि बढ्ने बताए। पार्टी सभापतिको हैसियतले देशका विभिन्न भागमा पुग्नुपर्ने भएकाले चितवन क्षेत्र नं. २ को चुनावी अभियानमा नागरिकलाई आफ्ना प्रतिनिधिका रूपमा काम गर्न आग्रह गरे।

‘यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ,’ उनले भने, ‘तपाईंहरू मेरो प्रतिनिधि भएर घर–घरमा पुगिदिनुहोस्, त्यसले मलाई दुर्गम ठाउँमा पुग्ने अवसर दिन्छ।’

लामिछानेले रास्वपाले कम्तीमा पनि एकल बहुमतको सरकार गठन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै पाँच वर्षको स्थिर सरकार देशको आवश्यकता रहेको बताए।
‘यसपटक कम्तीमा एकल बहुमतको सरकार बन्नुपर्छ। पाँच वर्ष स्थिर सरकार चल्छ, अनि कामले नै बोल्छ,’ उनको भनाइ थियो।

उनले मतदातासँग अरू कुनै माग नरहेको भन्दै नागरिकको विवेक र विचारकै जिम्मा जनताकै हातमा सुम्पिएको बताए।

प्रकाशित समय: शनिवार २५ माघ, २०८२, १६:२६:०७
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०