‘पिछडिएको मोरङ–५ लाई उकास्न मेरो उम्मेदवारी’

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २५ माघ, २०८२
७ महिनाअघि

विराटनगर । काठमाडौंपछिको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला हो, मोरङ । ‍अनि आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङको कुनै एउटा क्षेत्रबाट सबैभन्दा धेरै उम्मेदवार बन्नेरू छन्, भने त्यो मोरङ–५ हो । तर, मोरङमै थोरै मतदाता भएको क्षेत्र पनि यही क्षेत्र हो । एक लाख १० हजार एक सय ७७ मतदाता रहेको मोरङ–५ बाट संघीय सांसद बन्ने दाउमा १४ दलका र ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको छ । मोरङका अन्य निर्वाचन क्षेत्रभन्दा पिछडिएको मोरङ–५ लाई उकास्ने प्रयास यसअघिका विजेता सांसदहरूले गरे पनि सार्थकता पाउन सकेको थिए ।

यसअघि २०७४ यहाँबाट तत्कालीन नेकपाका शिवकुमार मण्डल कांग्रेसका अमृत अर्याललाई हराएर संघीय संसद प्रवेश गरेका थिए । २०७९ सालको निर्वाचनमा कांग्रेससँग चुनावी गठबन्धन गर्दा पनि मण्डलले जित्न सकेनन् । बरु, एमालेबाट बाघी उम्मेदवार बनेका योगेन्द्र मण्डलले फराकिलो मतान्तरको जित हात पारे ।

पछिल्ला दुई निर्वाचनमा एमालेले भने यो क्षेत्रबाट आफ्नै चुनाव चिह्नमा भोट हाल्न पाएको थिएन । तर, यसपालि दलहरूले छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धा रोज्दा एमालेले मनोजकुमार अग्रवाल यस क्षेत्रको उम्मेदवार बनेका छन् ।
अग्रवालले आफ्नो सामाजिक छवि र सांगठनिक बललाई मुख्य चुनावी आधार बनाउँदै चुनावी मैदानमा उत्रिएका हुन् । लामो समयदेखि विभिन्न सामाजिक, धार्मिक र शैक्षिक संघसंस्थामा सक्रिय अग्रवालले यसपटक आफ्नो क्षेत्रको समग्र विकास र गरिबी निवारणलाई मुख्य एजेन्डा बनाएका छन् ।

रंगेली गोचर गौशालाको दुई कार्यकाल उपाध्यक्ष र तिरुपति आर्यघाट व्यवस्थापन समितिको अध्यक्षका रूपमा सामाजिक सेवामा स्थापित भइसकेका अग्रवालले पब्लिक माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्च र नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको पूर्व महासचिव भएको पृष्ठभूमीबाट राजनीतिमा छन् । सुनचाँदी व्यवसायलाई पूर्ण रूपमा परिवार र साथीहरूको जिम्मा लगाएर उनी अहिले राजनीतिमा होमिएका हुन् । उनले समाजको तल्लो तहका जनताको जीवनस्तर सुधार्नु नै आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा बिहान–बेलुकाको हातमुख जोड्ने समस्या झेलिरहेका विपन्न वर्गलाई गास, बास र कपासको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाएका छन् । उनले प्रत्येक पालिकामा एक खेलकुद मैदान र एक सुविधासम्पन्न अस्पताल निर्माण गर्ने योजना अघि सारेका छन् । यस्तै, स्थानीय खोलानालाको सदुपयोग गरी सिँचाईको व्यवस्था गर्ने, तटबन्ध निर्माण र धार्मिक तथा सांस्कृतिक पर्यटनका माध्यमबाट रोजगारी सिर्जना गर्ने उनको योजना छ ।

युवा पलायनको समस्याप्रति लक्षित गर्दै अग्रवालले स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने र ब्यवसाय गर्न चाहने युवाहरूको लागि राज्यस्तरबाटै न्यून वा शून्य ब्याजदरमा ऋणको व्यवस्था गर्ने नीतिगत योजना आफ्नो परिवर्तनका योजना उनको छ । नेकपा एमालेको बलियो सांगठनिक संरचना र आफ्नो दशकौँ लामो सामाजिक संलग्नता नै जितको मुख्य आधार भएको दाबी उनले गरेका छन् । पिछडिएको यस क्षेत्रलाई एमालेको नेतृत्वमा ‘सुखी र समृद्ध’ बनाउने चाहनाका साथ आफू उम्मेदवार बनेको उनको धारणा छ ।

प्रकाशित समय: शनिवार २५ माघ, २०८२, १०:३८:०४
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०