रौतहट घटनाप्रति रास्वपाको समवेदना, छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ माघ, २०८२
७ महिनाअघि

काठमाडौं– रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट चार वर्षीया बालिकाको निधन भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गहिरो दुःख व्यक्त गरेको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त घटनाले पार्टीलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन्। विज्ञप्तिमार्फत उनले मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

रास्वपाले घटनालाई गम्भीर रूपमा लिँदै वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी पीडित परिवारलाई न्याय दिलाउन पार्टीले कुनै कसर बाँकी नराख्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यसैगरी, पीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउन पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको महामन्त्री बुर्लाकोटीले जनाएका छन्।

पार्टीले आगामी दिनमा यस्ता दुःखद घटना दोहोरिन नदिन चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनको परिचालनमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। उम्मेदवार, पार्टीपंक्ति तथा सवारी चालकहरूलाई सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राखी जिम्मेवार ढंगले कार्य गर्न कडा निर्देशन जारी गरिएको रास्वपाले जनाएको छ।

प्रकाशित समय: शुक्रबार २४ माघ, २०८२, १२:२७:५७
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०