सरकार पछि हट्यो : राष्ट्रियसभाबाट सामाजिक सञ्जाल विधेयक फिर्ता हुँदै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ माघ, २०८२
९ महिनाअघि

काठमाडौं — सरकारले विवादमा रहेको ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ राष्ट्रियसभाबाट फिर्ता लिने प्रक्रिया अघि बढाएको छ। आज बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको थियो। १७ औँ अधिवेशनमा दर्ता भएको यो विधेयक हाल राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा रहेको थियो।

Advertisement

आजको बैठकमा प्रधानमन्त्री कार्कीले अर्को महत्वपूर्ण विधेयक अघि बढाउने तयारीसमेत गरेकी छन्। सम्भावित कार्यसूचीअनुसार उनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्।

त्यसअघि प्रधानमन्त्री कार्कीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सोही विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछन्।

संसद् सचिवालयका अनुसार राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्नेछ। यसैबीच, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि दफावार छलफल हुने समितिका सभापति तुलसाकुमारी दाहालले जानकारी दिएकी छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग

बुधबार १२ कार्तिक, २०८३
१८ घण्टाअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
६ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
१ हप्ताअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
१ हप्ताअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
२ हप्ताअघि

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
२ हप्ताअघि
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट
बुधबार १२ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग
बुधबार १२ कार्तिक, २०८३
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०