निर्धक्क भएर निर्वाचनको तयारी गर्न अर्थमन्त्री खनालको आग्रह

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २३ माघ, २०८२
७ महिनाअघि

अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनको तयारी निर्धक्क भएर अघि बढाउन सरोकार भएका सबैलाई आग्रह गरेका छन्। निर्वाचन तयारीको स्थलगत अनुगमनका लागि बागलुङ आएका अर्थमन्त्री खनालले आमनागरिकले शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्न पाउने व्यवस्था सरकारले गरिरहेको जानकारी दिए।

अर्थमन्त्री खनालले सबैलाई ढुक्क भएर चुनावी तयारीमा जुट्न निर्देशन दिँदै नागरिकले कुनै डरबिना आफ्नो मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गरे। अनुगमनका क्रममा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको निरीक्षण गरेका थिए।

अनुगमनपछि जिल्ला सुरक्षा समितिको बैठकमा अर्थमन्त्री खनालले निर्वाचनका बेला अपनाइने सुरक्षा व्यवस्था, प्रहरी परिचालनलगायत विषयमा जानकारी लिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।

अर्थमन्त्री खनालले निर्वाचनका लागि स्रोत अभाव नहुने स्पष्ट पार्दै भने,
‘निर्वाचन सफल बनाउनु सबैको कर्तव्य हो। सुरक्षा व्यवस्थादेखि आचारसंहिता कार्यान्वयन गर्नु–गराउनु हाम्रो दायित्व हो। सरकारले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कमी राख्दैन। कुनै समस्या आएमा तुरुन्त जानकारी भए समाधान गरिनेछ। यसका लागि आपसी समन्वय र सहकार्य आवश्यक छ। नागरिकले सहज वातावरणमा मतदान गर्न पाउनुपर्छ।’

उनले जिल्लाको समग्र सुरक्षा अवस्था, मतदान केन्द्रको व्यवस्थापन र आचारसंहिता कार्यान्वयनको अवस्थाबारे पनि जानकारी लिएका थिए।

बागलुङकी मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जिल्लामा कायम शान्ति सुरक्षाको अवस्था, आचारसंहिता कार्यान्वयन र हालसम्म भएका निर्वाचन तयारीका विषयमा अर्थमन्त्रीलाई जानकारी गराएकी थिइन्।

आजै बागलुङ पुगेका अर्थमन्त्री खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन कार्यालयका अधिकारीहरूसँग जिल्लाको वस्तुस्थितिबारे छलफल गर्दै क्षेत्र नं. २ अन्तर्गत बुर्तिबाङस्थित निर्वाचन अधिकृतको कार्यालय अनुगमनका लागि गएका छन्।

उनले निर्वाचनका क्रममा फैलिन सक्ने गलत तथा भ्रामक सूचनाप्रति चनाखो रहन सुरक्षा निकायलाई निर्देशन दिए। सो अवसरमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी आचार्य, प्रहरी उपरीक्षक तिलक भारतीलगायतले जिल्लामा आचारसंहिता उल्लङ्घन नभएको र चुनावी तयारी सन्तोषजनक रहेको जानकारी अर्थमन्त्रीलाई गराएका थिए।

१० स्थानीय तह र ८५ वडा रहेको बागलुङ जिल्लामा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १०७ मतदानस्थल र २३० मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। बागलुङमा कूल १ लाख ९३ हजार ३८१ मतदाता रहेका छन्। दुई प्रतिनिधिसभा सदस्यका लागि २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित समय: बिहिबार २३ माघ, २०८२, १४:३४:५५
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०