कांग्रेसले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोक्यो , कुन जिल्लामा को कमाण्डर ?

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ माघ, २०८२
७ महिनाअघि

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले देशभरका सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोकेको छ।

गत माघ १ गते सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसको चुनावी कमाण्डर नियुक्त भएका शर्माले मंगलबार प्रदेशगत रूपमा जिल्लाहरूको जिम्मेवारी बाँडफाँट गरेका हुन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेका छन्।

यसअघि कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी गर्ने निर्णय गरिसकेको छ। माघ १ गते ललितपुरको कुपन्डोलमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले शर्मालाई निर्वाचन कमाण्डर बनाएको थियो।

उनकै संयोजनमा मंगलबार सातै प्रदेशका सबै जिल्लामा चुनावी कमाण्डर तोकिएको कांग्रेसले जनाएको छ।

कुन जिल्लामा को कमाण्डर ?

कोशी प्रदेश
ताप्लेजुङ, पाँचथर, इलाम र झापा : डा. डिला संग्रौला, भीष्मराज आङदम्वे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बा
संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी : अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी
सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी र सिरहा : वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी

बागमती प्रदेश
धादिङ, रसुवा, नुवाकोट र काठमाडौं : बहादुरसिंह (लामा) तामाङ, डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधान
काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुर : जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याल
भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवन : अर्जुननरसिंह केसी, दिलमान पाख्रिन, धना खतिवडा, मथुराप्रसाद घिमिरे र धर्मराज गौतम

गण्डकी प्रदेश
पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङ : चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेल
स्याङ्जा, कास्की, मनाङ र नवलपुर : ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेल
गोरखा, लम्जुङ र तनहुँ : अब्दुल सत्तार, रेशम वानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारी

लुम्बिनी प्रदेश
रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मी : डा. गोपाल दहित, गेहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह
कपिलवस्तु, अर्घाखाँची, रुकुम (पूर्व), प्यूठान र रोल्पा : कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई मगर र केशव आचार्य
दाङ, बाँके र बर्दिया : चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रुपा विक

कर्णाली प्रदेश
सुर्खेत, सल्यान, रुकुम (पश्चिम), जाजरकोट र डोल्पा : नारायणप्रसाद भट्टराई, रामदेवी खड्का, सूर्यबहादुर विक र रंगमति शाही
दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्ला : जानकी सिंह, दिपकजंग शाह, तीर्थजंग शाही, छायाँ सुनार, मानवबहादुर नेपाली र कान्तिका सेजुवाल

सुदूरपश्चिम प्रदेश
कञ्चनपुर, बैतडी, दार्चुला र बझाङ : हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सिना
कैलाली र डडेल्धुरा : जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड
डोटी, अछाम र बाजुरा : नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्ट

प्रकाशित समय: मङ्गलबार २१ माघ, २०८२, १७:११:१८
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०