नयाँ अनुहार होइन, नयाँ भिजन खोजिरहेका छन् जनता : पृथ्वी सुब्बा गुरुङ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ माघ, २०८२
५ महिनाअघि

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले नयाँ अनुहारभन्दा पनि नयाँ भिजन खोजिरहेको बताएका छन्।

प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले राजनीतिक दलहरूमा अनुहार फेरिए पनि सोच, सिद्धान्त र दृष्टिकोण नफेरिएसम्म त्यसलाई नयाँ भन्न नसकिने धारणा राखे।

नेपाली कांग्रेसलाई लक्षित गर्दै उनले नयाँ भयो भन्ने प्रचार गरिए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताए। “कांग्रेसमा नयाँ अनुहार आए, तर नयाँ भिजन आएन,” गुरुङले भने, “दोस्रो विशेष महाधिवेशनपछि पनि उनीहरूको सिद्धान्त, विचार र दर्शनमा कुनै परिवर्तन देखिँदैन। त्यसैले कांग्रेस यथास्थितिमै छ।”

नयाँ दलहरूको उदयलाई चुनौतीको रूपमा स्वीकार्दै उनले लामो इतिहास बोकेका पार्टीहरूको सान्दर्भिकता सकिन नसक्ने दाबी गरे। “केही पार्टी र व्यक्तिले आफूलाई नयाँ र अरूलाई पुरानो भनेर आरोप लगाइरहेका छन्,” उनले भने, “तर उनीहरू एजेन्डाविहीन छन्, त्यसैले जनतामाझ ‘पब्लिक फेस’ बनाउन सकेका छैनन्।”

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा सम्भावित राजनीतिक तालमेलबारे बोल्दै गुरुङले हाल तत्कालीन अवस्था नदेखिए पनि भविष्यमा सम्भावना भने बाँकी रहेको बताए।

प्रकाशित समय: मङ्गलबार २१ माघ, २०८२, १४:५३:५७
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
बिहिबार ४ असार, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०