काठमाडाैँ । राष्ट्रिय सभाको बैठक सुरु, प्रधानमन्त्री कार्कीले आज पहिलोपटक सम्बोधन गर्ने
काठमाडौं – राष्ट्रिय सभाको बैठक सुरु भएको छ। सोमबार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभालाई पहिलो पटक सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दिउँसो १ः१५ बजे प्रधानमन्त्री कार्कीले बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ।
प्रधानमन्त्री बनेपछि कार्कीले पहिलो पटक राष्ट्रिय सभामा सम्बोधन गर्न लागेकी हुन्।