सुदूरपश्चिम प्रदेशमा निर्वाचन सुरक्षाका लागि ७ हजार बढी प्रहरी परिचालन

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २० माघ, २०८२
८ महिनाअघि

१९ माघ, धनगढी।
सुदूरपश्चिम प्रदेशमा आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले सुरक्षा चुनौतीको विश्लेषणपछि ७ हजार ५८ जना प्रहरी परिचालन गर्ने निर्णय गरेको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार नियमित प्रहरीसँगै १३ हजार ६६९ जना निर्वाचन प्रहरी खटाइनेछन्। त्यस्तै, सशस्त्र प्रहरीतर्फ १ हजार ५१९ जना निर्वाचन सुरक्षामा परिचालन हुनेछन्।

Advertisement

प्रदेश निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिममा १७ लाख १६ हजार ६७५ मतदाता रहेका छन्। तीमध्ये ८ लाख ६४ हजार ४२३ महिला र ८ लाख ५२ हजार २१९ पुरुष मतदाता छन्।

सुरक्षा संवेदनशीलताका आधारमा प्रदेशभर रहेका १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्रको वर्गीकरण गरिएको छ।
मतदान स्थलतर्फ ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील रहेका छन् भने मतदान केन्द्रमध्ये ४५६ सामान्य, ७५७ संवेदनशील र ९८६ अतिसंवेदनशील सूचीमा परेका छन्।

सामान्य मतदान केन्द्रमा ५ जना, संवेदनशीलमा ६ जना र अतिसंवेदनशीलमा १० जना प्रहरी खटाइनेछ। मतदान स्थलको भित्री सुरक्षासँगै बाहिरी सुरक्षामा समेत थप प्रहरी परिचालन गरिने जनाइएको छ।

यसपटक सुदूरपश्चिम प्रदेशमा २४ राजनीतिक दल निर्वाचनमा सहभागी छन्। विगतका निर्वाचनका घटनाका आधारमा बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लालाई अतिसंवेदनशील घोषणा गर्दै विशेष सुरक्षा व्यवस्था गरिएको छ।

यसैबीच, निर्वाचन केन्द्रित सुरक्षा अवस्थाको अध्ययनका लागि एआईजी हिमालय श्रेष्ठको नेतृत्वमा विशेष टोली धनगढी पुगेको छ। टोलीले प्रदेशको समग्र सुरक्षा अवस्था, जनशक्ति परिचालन र जोखिम मूल्यांकन गर्नेछ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०