एप्पलले आईफोन १८ को आधार मोडेल स्थगित गर्ने तयारी, २०२७ सम्म नआउने संकेत

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २० माघ, २०८२
९ महिनाअघि

काठमाडौँ – टेक दिग्गज कम्पनी एप्पलले सामान्यतया प्रत्येक सेप्टेम्बरमा चार नयाँ आईफोन मोडेल सार्वजनिक गर्दै आएको भए पनि यसपटक आफ्नो लन्च रणनीतिमा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ।

जापानी मिडिया कम्पनी निक्केई एसियाको रिपोर्टअनुसार एप्पलले २०२६ मा हुने वार्षिक कार्यक्रममा आईफोन १८ को आधार (स्ट्यान्डर्ड) मोडेल लन्च नगर्ने सम्भावना देखिएको छ। उक्त मोडेललाई २०२७ को पहिलो आधासम्म स्थगित गर्न सकिने उल्लेख गरिएको छ।

Advertisement

रिपोर्टका अनुसार मेमोरी चिप्स तथा अन्य कम्पोनेन्टको लागत बढ्दै गएपछि एप्पलले यस्तो निर्णय लिन लागेको हो। प्रिमियम मोडेलमार्फत बढी राजस्व र नाफा आर्जन गर्न कम्पनीले आफ्ना स्रोतहरू त्यतैतर्फ केन्द्रित गर्न खोजेको बताइएको छ।

ब्लूमबर्गका प्रविधि विश्लेषक मार्क गुरम्यान र प्रख्यात विश्लेषक मिङ(ची कुओले पनि एप्पलले यस वर्ष आईफोन १८ को स्ट्यान्डर्ड संस्करण सार्वजनिक नगर्ने संकेत गरेका छन्। उनीहरूका अनुसार आईफोन १८ सम्भवतः २०२७ को सुरुआतमा ‘आईफोन १८e’ मोडेलसँगै लन्च हुन सक्छ।

एप्पलको यो निर्णयको अर्को प्रमुख कारण कम्पनीको पहिलो फोल्डेबल आईफोन पनि रहेको बताइएको छ। फोल्डेबल फोन उत्पादनका लागि जटिल औद्योगिक प्रक्रिया र नयाँ सामग्री आवश्यक पर्ने भएकाले ठूलो मात्रामा उत्पादन गर्दा प्राविधिक जोखिम नहोस् भन्नेमा एप्पल सचेत देखिएको छ। त्यसैले कम्पनीले आफ्ना प्रयासहरू फोल्डेबल र प्रो मोडेलहरूमा केन्द्रित गर्ने रणनीति बनाएको रिपोर्टमा उल्लेख छ।

यस वर्ष सेप्टेम्बरमा हुने लन्च कार्यक्रममा आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र फोल्डेबल आईफोन मात्र सार्वजनिक हुने अपेक्षा गरिएको छ।

रिपोर्टअनुसार एप्पलसँग हाल पाँच नयाँ मोडेल पाइपलाइनमा रहेका छन्। तीमध्ये आईफोन एयर २, मानक आईफोन १८ र तीन प्रिमियम मोडेल—आईफोन १८ प्रो, १८ प्रो म्याक्स तथा आईफोन फोल्ड समावेश छन्। यद्यपि, आईफोन एयर २ को ढुवानी तालिका भने अझै स्पष्ट छैन।

विज्ञहरूका अनुसार आईफोन एयर २ सन् २०२७ मा आईफोन १९ सिरिजसँगै लन्च हुन सक्छ र यसमा पहिलोपटक पछाडि दुईवटा क्यामेरा सेन्सर समावेश हुने सम्भावना रहेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुन तोलामा १७ सय रुपैयाँले बढ्यो

शुक्रबार ३० असोज, २०८३
१८ घण्टाअघि

भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

शुक्रबार ३० असोज, २०८३
२३ घण्टाअघि

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

बिहिबार २९ असोज, २०८३
२ दिनअघि

ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता

बिहिबार २९ असोज, २०८३
२ दिनअघि

नाना पाटेकरको निधनबारे तनुश्रीको शंका, प्रमाणबिनै उठाइन् अनेक प्रश्न

बुधबार २८ असोज, २०८३
३ दिनअघि

सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो

मङ्गलबार २७ असोज, २०८३
४ दिनअघि
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०