खलनायक बनेर इतिहासमा हराउन चाहन्नँ, देश सही दिशामा नपुर्‍याएसम्म विश्राम लिँदिनँ : प्रचण्ड

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ माघ, २०८२
७ महिनाअघि

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको स्पष्ट पारेका छन्। आइतबार नयाँ पुस्ता (Gen Z) र राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम नलिने प्रतिबद्धता व्यक्त गरे।

‘यदि म धेरै अघि बिदा भएको भए, सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला,’ उनले भने, ‘तर म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ। म यो देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन।’

आफ्नो काम अझै नसकिएको उल्लेख गर्दै संयोजक प्रचण्डले आफू हार मान्न तयार नरहेको बताए। ‘तपाईँहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, त्यो तपाईँहरूको स्वतन्त्रता हो,’ उनले भने, ‘तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईँहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुनेछ।’

सम्बोधनका क्रममा उनले आफ्नो जीवनसंघर्ष, पारिवारिक क्षति र राजनीतिक यात्रालाई स्मरण गर्दै परिवर्तनको लडाइँ व्यक्तिगत नभई सहिदहरूको सपना पूरा गर्ने अभियान भएको बताए। भ्रष्टाचारको अन्त्य, पारदर्शिता र बलियो सरकारको आवश्यकता औँल्याउँदै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको अवधारणालाई दोहोर्‍याए।

प्रचण्डले नयाँ पुस्तालाई प्रश्न सोध्न, दबाब दिन र स्वतन्त्र चिन्तन गर्न आग्रह गर्दै सामाजिक सञ्जालका भ्रमबाट सचेत रहनसमेत सुझाव दिए। उनले मिलेर यस्तो नेपाल निर्माण गर्न आह्वान गरे, जहाँ युवाहरूले आफ्नो भविष्य खोज्न विदेशिनु नपरोस्।

प्रकाशित समय: आईतबार १९ माघ, २०८२, १९:२६:२५
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०