निर्वाचन आयोगद्वारा सातै प्रदेशका निर्वाचन क्षेत्रका नमूना मतपत्र सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १८ माघ, २०८२
८ महिनाअघि

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रअनुसार मतपत्रको नमूना सार्वजनिक गरेको छ।

आयोगले सातै प्रदेशका निर्वाचन क्षेत्रका नमूना मतपत्र सार्वजनिक गरेको हो। एउटामात्र निर्वाचन क्षेत्र भएका जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक–फरक प्रकारका मतपत्रको नमूना तयार पारिएको आयोगले जनाएको छ। यी नमूना मतपत्रहरू मतदाता शिक्षाका लागि प्रयोग गरिनेछन्।

Advertisement

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको आकार निर्धारण गरिएको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा तुलनात्मक रूपमा ठूलो आकारको मतपत्र छापिनेछ भने कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो आकारको मतपत्र रहनेछ।

कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिम जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र रहेको छ। यस्तै, दैलेख र सुर्खेतमा दुई–दुई वटा निर्वाचन क्षेत्र कायम छन्। ती सबै जिल्लाका मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र रहेको छ। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र कायम रहेकाले ती सबै निर्वाचन क्षेत्रका लागि नमूना मतपत्र सार्वजनिक गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ कार्य सम्पन्न भइसकेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०