अमेजनले विश्वव्यापी रूपमा थप १६ हजार रोजगारी कटौती गर्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ माघ, २०८२
९ महिनाअघि

न्यूयोर्क । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनले गत अक्टोबरमा घोषणा गरिएको पुनर्संरचना योजनाअन्तर्गत विश्वव्यापी रूपमा थप १६ हजार रोजगारी कटौती गर्ने जनाएको छ। कम्पनीले बुधबार यसबारे जानकारी दिएको हो।

यसअघि नै १४ हजार पद कटौती गर्ने योजना सार्वजनिक गरिसकेको विशाल ई–कमर्स कम्पनी अमेजनले अब थप १६ हजार पद समायोजन गर्ने बताएको हो।

Advertisement

कम्पनीकी वरिष्ठ उपाध्यक्ष बेथ गालेट्टीले जारी गरेको विज्ञप्तिमा पद समायोजनसम्बन्धी आगामी योजनाबारे जानकारी दिँदै रोजगारी कटौतीको उद्देश्य “तहहरू घटाउने, स्वामित्व बढाउने र कर्मचारीतन्त्र हटाउने” रहेको बताएकी छन्।

अक्टोबरमा सार्वजनिक मिडिया रिपोर्टअनुसार कुल करिब ३० हजार रोजगारी कटौती अमेजनका करिब ३ लाख ५० हजार कार्यालय–आधारित कर्मचारीको १० प्रतिशतभन्दा बढी हो।

योजनाअनुसार वितरण केन्द्र तथा गोदाममा कार्यरत कामदारहरूलाई असर नपर्ने र कार्यालयमा काम गर्ने जनशक्ति घटाइने जनाइएको छ। वितरण तथा गोदाम क्षेत्रमा कार्यरत करिब १५ लाख कर्मचारीहरूलाई भने यो योजनाले कुनै प्रभाव नपार्ने बताइएको छ।

कम्पनीले जनशक्ति कटौतीसम्बन्धी मिडिया रिपोर्टहरूमा औपचारिक टिप्पणी गर्न अस्वीकार गरेको छ। अमेजनको यो कदम कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा बढ्दो लगानीको बीचमा आएको हो।

यद्यपि, अमेजनले बुधबार घोषणा गरिएको पछिल्लो रोजगारी कटौतीबारे औपचारिक पुष्टि भने गरेको छैन। कम्पनीले आफ्नो पूर्ण वर्ष सन् २०२५ को योजना फेब्रुअरी ६ मा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाइनान्स क्रिप्टोकरेन्सीमा सुरक्षा जोखिम देखिएपछि क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट

शुक्रबार १४ कार्तिक, २०८३
१ दिनअघि

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार १४ कार्तिक, २०८३
१ दिनअघि

कर्णालीमा जडीबुटी निकासीबाट ४ करोडभन्दा बढी राजस्व संकलन

शुक्रबार १४ कार्तिक, २०८३
१ दिनअघि

अन्डाको मूल्य प्रतिपेटी २०० रुपैयाँसम्म बढ्यो, अब कति पर्छ ?

बिहिबार १३ कार्तिक, २०८३
२ दिनअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
२ हप्ताअघि

सुन तोलामा १७ सय रुपैयाँले बढ्यो

शुक्रबार ३० असोज, २०८३
२ हप्ताअघि
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडलाई नारायणकाजी श्रेष्ठले भने ‘भद्दा निरंकुशता’
शनिवार १५ कार्तिक, २०८३
पत्रकार पक्राउको विरोधमा कांग्रेस नेता आङ्देम्बे, सरकारमाथि प्रेस स्वतन्त्रता संकुचित पारेको आरोप
शनिवार १५ कार्तिक, २०८३
फुर्केखोला पुल निर्माणमा ढिलाइप्रति गृहमन्त्रीको चासो, काम अघि बढाउन निर्देशन
शनिवार १५ कार्तिक, २०८३
क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’
शनिवार १५ कार्तिक, २०८३
गृह मन्त्रालयद्वारा एन–प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि नगर्न चेतावनी
शुक्रबार १४ कार्तिक, २०८३
देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने, तीन स्थानमा गरियो व्यवस्थापन
शुक्रबार १४ कार्तिक, २०८३
अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि प्रदान गरिने
शुक्रबार १४ कार्तिक, २०८३
उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच तीर्थयात्री र पाइलटको अवस्था अज्ञात
शुक्रबार १४ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०