रूसी ग्यासमाथि ईयूको कडा प्रहार, २०२७ सम्म पूर्ण प्रतिबन्ध

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १४ माघ, २०८२
७ महिनाअघि

एजेन्सी । युरोपेली सङ्घ (ईयू) का २७ सदस्य राष्ट्रहरूले युरोपेली सङ्घमा रूसी पाइपलाइन ग्यास तथा तरल प्राकृतिक ग्यास (एलएनजी) को आयात चरणबद्ध रूपमा बन्द गर्ने कानून औपचारिक रूपमा स्वीकृत गरेका छन्।

ईयू परिषद्ले जारी गरेको विज्ञप्तिमा नयाँ नियमहरूमा ऊर्जा आपूर्तिको प्रभावकारी अनुगमन तथा आपूर्ति विविधीकरणका उपायहरू समावेश गरिएको उल्लेख छ।

नयाँ कानूनअनुसार युरोपेली युनियनमा रूसी पाइपलाइन ग्यास र एलएनजी आयातमा प्रतिबन्ध लगाइनेछ। कानून लागू भएको छ हप्तापछि प्रतिबन्ध कार्यान्वयनमा आउनेछ भने सो अवधिलाई विद्यमान सम्झौताका लागि सङ्क्रमणकालीन अवधि मानिनेछ। चरणबद्ध प्रक्रियाले मूल्य र बजारमा पर्ने सम्भावित प्रभावलाई सीमित गर्ने लक्ष्य लिएको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिअनुसार सन् २०२७ को सुरुदेखि एलएनजी आयातमा र सन् २०२७ को शरद ऋतुदेखि पाइपलाइन ग्यास आयातमा पूर्ण प्रतिबन्ध लागू हुनेछ।

ईयूमा ग्यास आयातको अनुमति दिनुअघि सदस्य राष्ट्रहरूले ग्यास उत्पादन भएको देशको प्रमाणिकरण गर्नुपर्ने व्यवस्था पनि नयाँ नियममा गरिएको छ।

नियम उल्लङ्घन गरेमा व्यक्तिहरूलाई कम्तीमा २५ लाख युरो तथा कम्पनीहरूलाई कम्तीमा ४ करोड युरो, वा कम्पनीको कुल विश्वव्यापी वार्षिक कारोबारको ३.५ प्रतिशतसम्म, अथवा अनुमानित कारोबारको ३०० प्रतिशतसम्म जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ।

सन् २०२६ मार्चसम्म ईयूका देशहरूले ग्यास आपूर्तिको विविधीकरण र रूसी ग्यास प्रतिस्थापनसँग सम्बन्धित सम्भावित चुनौती पहिचान गर्न राष्ट्रिय योजनाहरू तयार गर्नुपर्नेछ। यस क्रममा कम्पनीहरूले अधिकारीहरूलाई कुनै पनि बाँकी रूसी ग्यास सम्झौताबारे जानकारी गराउनुपर्नेछ। हाल रूसी तेल आयात गरिरहेका ईयू देशहरूले पनि यस्ता विविधीकरण योजना पेस गर्नुपर्नेछ।

यद्यपि आपतकालीन अवस्था सिर्जना भई एक वा एकभन्दा बढी ईयू देशमा ऊर्जा आपूर्ति गम्भीर रूपमा खतरामा परेमा, युरोपेली आयोगले चार हप्तासम्म आयात प्रतिबन्ध निलम्बन गर्न सक्ने प्रावधान राखिएको छ।

साइप्रसका ऊर्जा, वाणिज्य तथा उद्योग मन्त्री माइकल डेमियानोसले यस निर्णयले ईयू ऊर्जा बजारलाई अझ बलियो बनाउँदै स्वायत्त ऊर्जा युनियनतर्फ अग्रसर गराउने बताएका छन्।

विज्ञप्तिमा आयोगले सन् २०२७ को अन्त्यसम्म रूसी तेल आयात पूर्ण रूपमा समाप्त गर्ने उद्देश्यसहित नयाँ कानून प्रस्ताव गर्ने योजना बनाएको पनि उल्लेख गरिएको छ।

युरोपेली संसदकी अध्यक्ष रोबर्टा मेत्सोलाले सामाजिक सञ्जाल एक्समा लेख्दै रूसी ग्यासमाथिको प्रतिबन्धसम्बन्धी कानूनमा हस्ताक्षर भइसकेको जनाउँदै यसले युरोपको ऊर्जा आपूर्ति नियन्त्रण सुरक्षित गर्ने र स्वायत्ततालाई बलियो बनाउने बताएकी छन्।

यसैबीच पछिल्ला वर्षहरूमा रुसबाट ईयूमा ग्यास र तेल आयात उल्लेखनीय रूपमा घटेको छ। हालको प्रतिबन्ध व्यवस्थाका कारण सन् २०२५ मा रूसी तेल आयात तीन प्रतिशतभन्दा तल झरेको छ भने ग्यास आयात भने अझै करिब १३ प्रतिशत रहेको अनुमान गरिएको ।

प्रकाशित समय: मङ्गलबार १४ माघ, २०८२, १६:५१:११
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०