समूह चरणको अन्तिम खेलमा आज नेपाल–स्कटल्यान्ड भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ माघ, २०८२
८ महिनाअघि

काठमाडौं, माघ १२ — आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र स्कटल्यान्डबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ। नेपाली टोलीको कप्तानी इन्दु बर्माले सम्हालिरहेकी छन् भने स्कटल्यान्डको कप्तान क्याथरिन ब्राइस हुन्।

Advertisement

आईसीसी महिला टी–२०आई वरियतामा स्कटल्यान्ड ११औँ स्थानमा रहँदा नेपाल २१औँ स्थानमा छ। वरियतामा कमजोर देखिए पनि नेपालका लागि यो खेल ‘गर या मर’ को अवस्थामा रहेको छ। सुपर सिक्समा प्रवेश गर्न नेपालले स्कटल्यान्डलाई जित्नैपर्ने दबाबमा छ।

नेपाल यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने तेस्रो खेलमा जिम्बाबेलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो। सुपर सिक्समा पुग्न नेपालले स्कटल्यान्डलाई कति अन्तरले पराजित गर्छ भन्नेमा पनि भर पर्नेछ। साथै, त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि नेपालका लागि निर्णायक बन्नेछ।

स्कटल्यान्डले यसअघि एकपटक महिला टी–२० विश्वकप खेलेको अनुभव छ। यूएईमा सम्पन्न महिला टी–२० विश्वकप २०२४ मा सहभागिता जनाए पनि स्कटल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो। सोही विश्वकपको प्रदर्शनका आधारमा स्कटल्यान्ड सोझै ग्लोबल छनोटमा पुगेको हो।

नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म टी–२०आई खेल भएको छैन। यद्यपि, प्रतियोगिताअघि भएको अभ्यास खेलमा नेपाल २७ रनले पराजित भएको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०