विराटनगर । विराटनगर महानगरपालिका-९ मा अवस्थित ग्रिनल्यान्ड कलेजले परीक्षामा उत्कृष्ट नतिजा आत्मसात् गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
कलेजले आइतबार एक विशेष समारोहका बीच कलेजका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
कलेज परिसरमै आयोजित कार्यक्रममा एमबिबिएस प्रवेश परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने दुई विद्यार्थी सहित कक्षा ११ र १२ का विभिन्न संकायका टपरहरूलाई सम्मान गरिएको हो ।
एमबिबिएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरूमध्ये स्मृति खाँले ५१ औँ स्थान र अभिषेक मण्डलले १०४ औँ स्थान हासिल गरेका थिए ।
कार्यक्रममा बोल्दै स्मृति खाँले मेहनत र शिक्षकको निर्देशनअनुसार अध्ययन गरे सफलता पाउन सकिने बताइन् ।
अभिषेक मण्डलले पनि धैर्यता, लगनशीलता र नियमितताले आफू सफल भएको बताउँदै विद्यार्थीले शिक्षकको मार्गदर्शन पछ्याए अवश्यै सफलता मिल्ने धारणा राखे ।
कार्यक्रममा कलेजका प्रिन्सिपल दिनेश दाहालले कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शैक्षिक वातावरणका कारण विद्यार्थीहरूले निरन्तर राम्रो नतिजा ल्याईरहेका बताए ।
कोशी प्रदेशमा अग्रणी शैक्षिक संस्थाका रूपमा कहलिएको कलेजले कक्षा ११ र १२ को आन्तरिक परीक्षामका उत्कृष्ट विद्यार्थीहरूलाई समेत सम्मान गरेको थियो ।
कक्षा ११ को विज्ञानतर्फ प्रथम हुने विवर्सन सुवेदीका साथै दोस्रो र तेस्रो स्थान हाँसिल गरेका देवानन्द चौधरी र चन्द्रकान्त मण्डललाई सम्मान गरिएको थियो ।
यसैगरी, कक्षा ११ को व्यवस्थापनतर्फ प्रथम स्थान हासिल गरेका सुदीप साह, दोस्रो बनेकी मनिका मण्डल र तृतीय बन्न सफल मेघाकुमारी यादवलाई सम्मान गरिएको थियो ।
कक्षा १२ को व्यवस्थापन संकायमा प्रथम स्थान हासिल गर्न सफल भारती यादव, दोस्रो बनेका ओमप्रकाश यादव र तृतीय बनेकी अस्मिताकुमारी गोइत सम्मानित भइन् ।
कक्षा १२ कै विज्ञान संकायमा प्रथम बनेका दिवाकान्ता झा, दोस्रो बन्न सफल धीरज राजवंशी र तृतीय बनेका जितेनकुमार रोयलाई पनि सम्मान गरिएको थियो ।
कलेजले पछिल्लो एक दशकयता गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
कम्प्युटर विज्ञान, व्यवस्थापन संकाय र होटेल व्यवस्थापन संकाय गरी तीनवटै मुख्य संकायहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
उत्कृष्ट शैक्षिक संस्थाका रूपमा सम्मानित बनेको ग्रिनल्यान्ड कलेज शैक्षिक क्षेत्रमै आफूलाई अब्बल सावित गर्न सफल बनेको छ ।
कलेजले आगुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै नवीनतम् प्रविधिमा आधारित शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।