बालबालिकाको सर्वांगीक विकासका लागि अभिभावकले खेल्ने भूमिका बुझाउँदै विराटनगरको एभरेस्ट स्कुल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २९ कार्तिक, २०८२
१० महिनाअघि

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आफ्ना विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने मान्यताका साथ कार्यक्रम अघि बढाउँदै लगेको छ ।

विद्यालयले अपनाएका पद्धति, शैक्षिक वातावरणको विषयमा अभिभावकलाई जानकारी गराउँदै घरायसी वातावरण पनि सोहि अनुसारको तयार गर्न एभरेष्टले अभिभावकहरूसँग आग्रह गरेको छ । विद्यालय तथा अभिभावकले गरेको लगानीलाई सार्थक तुल्याउन हरेक बालबालिकाको सर्वाङ्गीण विकास कतिको भयो भन्ने कुराले निर्धारण गर्ने भन्दै एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले समयसँगै शैक्षिक वातावरण पनि गतिशिल रहेको बताए ।

आज कक्षा ७ र ८ का विद्यार्थीका अभिभावकका लागि आयोजित ‘काउन्सिलिङ’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यालय स्थापनको ३२ वर्षीय यात्रामा एभरेष्टका विद्यार्थी विश्वसँग प्रतिष्पर्धा गर्न सक्ने भएको स्मरण गरे। उनले भने,‘यसका लागि अभिभावकको भूमिका पनि उत्तिकै छ, अझै समयको गतिसँगै हामीले गर्ने व्यवहार महत्वपूर्ण हुने भएकाले सोहि अनुसार अपडेट हुन कार्यक्रमले सहयोग गर्ने विश्वास ब्यक्त गरे।

कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले एभरेष्टले अपनाएका शिक्षण पद्धति, शैक्षिक वातावरण, काउन्सिलिङ विधि, विभिन्न संस्थाहरुसँगको सहकार्य, शैक्षिक गुणस्तरका लागि चालिएका कदम तथा सर्वाङ्गीण विकासका लागि गरिएका कार्यहरुको चर्चा गरे ।

कार्यक्रममा सहभागि अभिभावकहरुलाई उत्प्रेरक प्रितम पौडेलले प्रेरणादायी भनाइका साथै अभ्यास गराई घरको वातावरण कस्तो हुनुपर्छ भन्ने बुझाए। घरमा अभिभावकले खेल्ने भूमिका कस्तो हुँदा बालबालिकामा सकारात्मक उर्जा मिल्ने र सफल ब्यक्तित्व निर्माणमा सघाउ पुग्छ भन्ने उनले उदाहरणहरु दिए । सहभागि अभिभावकहरुले कार्यक्रम निकै नै फलदायी भएको प्रतिकृया दिएका छन् ।

स्कुलका अनुसार कक्षा ९ र १० का अभिभावकका लागि भोली कार्यक्रम राखिएको छ ।

प्रकाशित समय: शुक्रबार २९ कार्तिक, २०८२, १९:३५:४३

सम्बन्धित खबर

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
६ घण्टाअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
१६ घण्टाअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
१६ घण्टाअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ दिनअघि

भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम

मङ्गलबार ९ भदौ, २०८३
३ दिनअघि

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

मङ्गलबार ९ भदौ, २०८३
३ दिनअघि
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०