फार्मेसीमा लुटपाट मच्चाउने कोशी अस्पतालका तीन कर्मचारी निलम्बित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३१ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । कोशी अस्पताल विराटनगरमा कार्यरत तीनजना कर्मचारीलाई अस्पताल प्रशासनले सेवाबाट हटाएको छ ।

स्वास्थ्य बिमाको कार्डको दुरुपयोग गरेर फार्मेसीमा लुट मच्चाएको आरोपमा फार्मेसी सहायक शिशिर साहु (साह), फार्मेसी सहायक निरीक्षक सन्ध्या यादव र कार्यालय सहयोगी सुमित कामतलाई सेवाबाट बर्खास्त गरिएको हो ।

Advertisement

अस्पतालको फार्मेसीमा कार्यरत दुईजना र स्वास्थ्य बिमा शाखामा कार्यरत एकजना गरी तीनजना कर्मचारीलाई अस्पतालले बर्खास्त गरेको हो ।

फार्मेसीमार्फत स्वास्थ्य बिमा अन्तर्गत स्वास्थ्य उपचार सेवा लिने सर्वसाधारणमा बिमा कार्ड प्रयोग गरेर औषधि हिनामिना गरी अनियमितता गरेको पाइएपछि उनीहरुलाई सेवाबाट हटाएको हो ।

बर्खास्तीमा परेका तीनैजना कर्मचारीहरू अस्पताल विकास समिति अन्तर्गत सेवा करारमा कार्यरत थिए ।

ती कर्मचारीहरुको मिलेमतोमा औषधिको हिनामिना भएको, विमितको स्वास्थ्य बिमाको रकम दुरुपयोग गरी अनियमितता गरिएको, विमितको जानकारी बिनै औषधि खरिद गरेको नाममा एक लाख रुपियाँसम्म खर्च गरिएको आदि घटनामा संलग्न रहेको पाइएपछि अस्पताल प्रशासनले आइतबारबाट ती कर्मचारीहरुलाई बर्खास्त गरेको थियो ।

त्यसअघि अस्पताल प्रशासनले घटना छानबिन गर्न आन्तरिक रुपमा छानविन समिति नै गठन गरेको थियो ।

छानबिन समितिबाट दुरुपयोग भएको, पटक पटक उस्तै कार्य दोहोराएको पाइएपछि सेवाबाट हटाउने निर्णय गरेको थियो ।

अस्पतालले गठन गरेको छानबिन समितिले उनीहरूको संलग्नता पुष्टि गरेपछि पटक पटक स्पष्टीकरण सोधेर कारवाही गरेको थियो । तर छानविन समितिले उजुरी आएको र भेटिएको सीमित बिलहरुमाथि मात्र अनुसन्धान गरेको थियो ।

उक्त प्रवृत्तिलाई हेर्दा फार्मेसीमा अझ ठूलो बदमासी हुनसक्ने आशंका गर्दै अस्पताल प्रशासनले विस्तृत अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै सहयोग लिने तयारी गरेको छ ।

सेवाग्राहीले औषधि खरिद नै नगरी उनको नाममा रहेको बिमा रकम सकिएको जानकारी पाएपछि अस्पताल प्रशासनमा दिएको उजुरीका आधारमा छानबिन अघि बढाइएको थियो ।

एकजना क्यान्सरका बिरामीले किमो खरिद गर्न जाँदा बिमाको रकम सकिएको जवाफ पाएपछि उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा अध्ययन गर्दा अहिले पाँचवटा त्यस्ता बिल भेटिएको र त्यसमा तीनैजनाको संलग्नता पाइएको थियो ।

समितिले प्रतिवेदन दिएपछि आइतबार तीनै जनालाई सेवाबाट बर्खास्त गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रूना झाले जानकारी दिइन् ।

‘‘एक जना बिमितले दिएको उजुरीको आधारमा हामीले तत्काल छानबिन समिति गठन गरेका थियौं । समितिले पेस गरेको प्रतिवेदनले उनीहरूको संलग्नता स्पष्ट पारेपछि हामीले कारबाही गर्‍यौं,’’ उनले भनिन् ।

मोरङमै घर भएका एक जना बिमित क्यान्सर उपचारका लागि नियमित रूपमा कोशी अस्पताल आउने गर्थे ।

त्यसै क्रममा आकस्मिक कक्षमा जाँच गराउन गए ।

चिकित्सकले नियमित सेवन गर्ने औषधि एक साताका लागि लेखिदिएका थिए र फार्मेसीबाट उनले उक्त औषधि लिए ।

फेरि दोस्रो पटक औषधि लिनजाँदा अघिल्लो पटकको बिमा खाताबाट एक महिनाको औषधिको रकम काटिएको थियो ।

‘‘म त छक्क परेँ, लिएको एक हप्ताको औषधि तर पैसा एक महिनाको काटिएको रहेछ,’’ उनले भने, ‘‘त्यसपछि मैले अस्पतालको स्वास्थ्य बिमा सहजीकरण डेस्कमा गएर सोधपुछ गर्दा मेरो नाममा एक महिनाको औषधि लगेको रेकर्ड देखियो । यो सरासर ठगी हो भन्ने लागेपछि मैले अस्पताल प्रशासनमा लिखित उजुरी दिएँ ।’’

चिकित्सकले पुर्जीमा नलेखेको महँगो औषधिसमेत बिरामीले लगेको भनेर उनीहरुले सेवाग्राहीको विमा कार्डबाट रकम काटिदिने गरेको समेत पाइएको छ ।

आकस्मिक कक्षमा एक दिन बसेको बिरामीले मुश्किलले दुई–चार ट्याब्लेट औषधि सेवन गरेको हुन्छ, तर उसको बिमा खाताबाट दुई सय ट्याब्लेट औषधि लगेको भनेर रकम काटिएको जस्तो अनियमितता छानविन समितिले भेटेको छ ।

यसले एकातिर बिमितको बिमा रकम समय अगाडि नै सकिने र अर्कोतिर राज्यकोषको चरम दुरुपयोग भएको पाइएको हो ।

कोशी अस्पतालमा दैनिक एक हजार ५०० हाराहारी बिरामी बहिरंग (ओपिडी) सेवाका लागि आउँछन्, जसमध्ये अधिकांश स्वास्थ्य बिमा गरेका हुन्छन् ।

यति ठूलो संख्यामा बिमितहरूको चाप हुने ठाउँमा फार्मेसीको सफ्टवेयर प्रणाली, औषधिको स्टक र बिलिङको नियमित र प्रभावकारी अनुगमन नहुँदा कर्मचारीहरूले लुट मच्चाउने अवसर पाएको देखिन्छ ।

यस विषयमा स्वास्थ्य बिमा बोर्ड, कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितले चिकित्सकको सिफारिसबिना औषधि दिनु गैरकानुनी भएको बताए ।

अस्पतालले तीन कर्मचारीलाई बर्खास्त गरेर तत्कालका लागि समस्या समाधान गरेको देखाए पनि यो घटनामा संगठित भएको हुन सक्ने आशंका गरिएको छ ।

यो घटनाले कोशी अस्पतालको व्यवस्थापनमाथि मात्र नभई प्रदेशभरका ११८ वटा सेवा प्रदायक संस्थाहरूको पारदर्शिता र जवाफदेहितामाथि पनि गम्भीर प्रश्न उठाएको छ ।

कोशी प्रदेशमा हाल २७ लाख ८० हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध छन् । झापामा सबैभन्दा बढी ८ लाख १६ हजार र सोलुखुम्बुमा सबैभन्दा कम १८ हजार २ सय ८६ जना बिमित छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०