विराट मेडिकलका नर्स, जो कर्फ्यू र निषेधाज्ञामा पनि बने बिरामीको सेवाप्रति समर्पित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । सामाजिक सञ्जाल बन्द, शासकीय अव्यवस्थाविरुद्धको प्रदर्शनपछि लगाइएको निषेधाज्ञा र कर्फ्यूका बीचमा पनि विराट मेडिकल कलेज टिचिङ अस्पतालका नर्सहरूले बिरामीको सेवा निरन्तरता दिएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका-२ मा अवस्थित यस अस्पतालमा धरान, इटहरी, सुन्दरहरैंचा, विराटनगर, झोराहाट र बर्जु लगायतका स्थानबाट आउने नर्सहरूले यात्रामा कठिनाइ भोग्नुपरेको छ ।

Advertisement

अस्पताल प्रशासनका अनुसार कर्फ्यूको समयमा नर्सहरूले परिचयपत्र देखाउँदा समेत बाटोमा रोकिने समस्या भएको थियो ।

अस्पतालको आईसीयू लेभल-३ की नर्सिङ इन्चार्ज माधुरी राईका अनुसार, “हिजो मात्रै एक स्वास्थ्यकर्मीलाई अस्पतालको पोशाक र परिचयपत्र देखाउँदा पनि बाटोबाट फर्काइयो ।”

उनले सुरक्षाकर्मीहरूले स्वास्थ्यकर्मीलाई सहज आवतजावत गर्न नदिएको गुनासो गरिन् ।

नर्सिङ स्टाफ रिया खड्काले तरहराबाट अस्पताल आउन दैनिक समस्या भोग्नुपरेको बताइन् । उनले भनिन्, “हरेक दिन यातायातमा अप्ठ्यारो भइरहेको थियो ।”

विराट मेडिकलमा कार्यरत ५२० जना नर्समध्ये धेरैजना टाढाबाट आउने गर्छन् ।

नर्सिङ सुपरिन्टेन्डेन्ट आयुष्मा शाक्यले बिरामीको चाप बढी भएको र नर्सको संख्या कम हुँदा व्यवस्थापनमा कठिनाइ भए पनि सेवामा कुनै रोकावट हुन नदिएको बताइन् ।

“एक जना पनि स्वास्थ्यकर्मी कम भएमा बिरामीको सेवामा समस्या हुन्छ,” राईले भनिन् । अस्पतालले टाढाबाट आउने स्वास्थ्यकर्मीहरूको सुविधाका लागि बसको व्यवस्था गरेपछि केही हदसम्म समस्या समाधान भएको उनले जानकारी दिइन् ।

राईले थपिन्, “मनमा डर भए पनि आफ्नो काम र कर्तव्य निभाउन पाउँदा खुशी लाग्छ । हामी जस्तोसुकै परिस्थितिका लागि पनि सधैं तयारी अवस्थामा हुन्छौं ।”

उनले कोरोना महामारीको कठिन समयमा समेत स्वास्थ्यकर्मीले निरन्तर सेवा दिएको उल्लेख गर्दै अहिलेको चुनौतीपूर्ण अवस्थामा पनि बिरामी सेवामा अडान रहेको बताइन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा र कर्फ्यू आदेश हटाएको छ । शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएपछि उक्त निर्णय लिइएको प्रशासनले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०