महोत्तरीमा ६० प्रतिशत धान रोपाइँ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ साउन, २०८२
१ वर्षअघि

एजेन्सी । महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ । साउन दोस्रो सातासम्म ३० प्रतिशत मुनि रहेको रोपाइँ अहिले ६० प्रतिशतको हाराहारी पुगेको हो ।

साउन तेस्रो साता प्रारम्भसँगै मनसुन अनुकूल हुँदै जाँदा रोपाइँको गति बढेको हो । हिजो बिहीबार साउन चौथो साता सुरु हुदाँसम्म रोपाइँ ५७ प्रतिशत पुगेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ ।

Advertisement

‘साउन तेस्रो साता प्रारम्भसँगै पानी पर्न थालेपछि रोपाइँले गति लिएको छ, पानी पर्न थालेपछि भूमिगत पानीको सिँचाइ सहज र कम खर्चिलो भएसँगै किसानले रोपाइँको गति बढाएका हुन्’ कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो भन्छन्, ‘रोपाइँ आज ६० प्रतिशतको हाराहारी पुगेको छ ।’ साउन मसान्तसम्म यसै गतिमा रोपाइँ बढ्न सक्दा ८० प्रतिशत नाघ्ने कार्यालयको अड्कल छ ।’

साउन मध्ययता इनार, स्यालोट्यूवबेल र डिपबोरिङबाट तानिएको पानीले आकासे पानीको साथ पाउँदा कम समयमा बढी खेत हिल्याउन सहयोग पुगेको किसान बताउँछन् । पानी परिरहँदा भूमिगत तानिएको पानीले चाँडै  खेत हिल्याउन सहयोग पुगेको किसानले बताएका छन् ।

‘परेकै पानीले खेत हिल्याउन त पुग्थेन, तर पानी परिरहँदा चाँडै खेत हिल्याउन सजिलो भयो’ भङ्गाहा–३ कटैयाकी किसान रामराजी यादव भन्छन्, ‘हाम्रो बस्तीमा लगभग धान रोपाइँ सकिएको छ ।’ साउन १५ यता दिनहुँजसो केहीबेर पानी पर्दै आएपछि त्यसअघिको धाजा फाटेको खेतको रोपो पनि लहलहाएको यादव बताउँछन् ।

साउन तेस्रो साता सुरु भएयता त्यसअघिको रोपोलाई परेकै पानीले सास भरेको किसान बताउँछन् । ‘रोपाइँ गर्नचाहिँ अझै हामी इनार, डिपबोरिङबाट पानी तान्दै छौँ, तर पहिलेको रोपोलाई भने परेकै पानीले पुगेको छ’ बर्दिबास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादव भन्छन्, ‘पुरानो रोपो लहलहाउन थालेपछि धान भित्रिने आस जागेको छ ।’

जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ । यसमध्ये हिजोसम्म २५ हजार ७०० हेक्टर जग्गामा धान रोपिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

यो रोपाइँ ५७ प्रतिशतभन्दा केही बढी हो । अहिले पनि किसान रोपाइँमा धसिएका छन् । अबका दिन वर्षा अनुकूल रहे साउन मसानतसम्म रोपाइँ ८० प्रतिशत नाघ्ने बाली विज्ञसमेत रहेका कार्यालयका सूचना अधिकारी महतो बताउँछन् ।

यसपालि लामो खडेरीले असार २२ भित्र सक्नुपर्ने बीउ रोप किसान अझै रोप्दैछन् । खरुअन (कलम) लगाउन यसअघिको रोपो नगाजिँदा अहिले पनि बीउ रोप नै चलाउनु परेको किसानको भनाइ छ । यसपाली बीउ ब्याडमै कैयौँ चोटी सुक्दा पटक–पटक ब्याड राख्नुपरेको औरही–७ भोइलका किसान मोहन महतो बताउँछन् । अब अहिले पानीको केही अनुकूलता हुँदा बीउ भने अपुग बन्दै गएको महतोको भनाइ छ ।

‘खरुअन (कलम, पहिलो बीउ रोप गाँजिएपछि त्यो उखलेर रोप्ने काम) पहिलो रोप नगाँजिदा छैन, बीउ ब्याडमै कतिपटक सुक्यो, अब अहिले बीउको हाहाकार पर्दैछ’ महतोले किसानका दुःख सुनाए  । बीउ, मल, सिँचाइजस्ता आधारभूत खेतीका कुरा नपाइँदा कहिल्यै समयमा खेती लगाउन नपाएको यहाँका किसानको बिलौना छ ।

महोत्तरीसहितका मधेशमा हिउँदे धान लगाउने स्थापित तालिका यसपाली मुख्यत पानीको अभाव र समयमा भरपर्दो बीउ नभेटिदापछि परेको हो । यहाँ हिउँदे धानखेतीका लागि जेठ तेस्रो साताभित्र ब्याड राख्ने, असार तेस्रो साताभित्र पहिलो शाही रोप (बीउ रोप) सक्ने र साउन मसान्तसम्म खरुअन रोप लगाउने परम्परागत तालिका छ । किसानले यो तालिकाभित्र पानी, बीउ र मल नपाइँदा हण्डर खानु परेको बताएका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०