सातामा शेयरबजार : ३००० बिन्दु कटेर ६० अङ्कले घट्यो नेप्से

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१ वर्षअघि

यो साता नेपालको शेयर बजारले अघिल्लो वर्ष बनाएको ३००० बिन्दु पार गरेर करेक्सनको बाटो समातेको छ । साउन ११ देखि १५ सम्म शेयर बजारले ३००० हजार बिन्दु पार गरे पनि साताको अन्त्यमा करेक्सन आएको हो । साताका पूरै पाँच दिन शेयर कारोबार हुँदा तीन दिन बजार घट्यो भने दुई दिन बढ्यो । पाँच दिन अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६० अङ्कले घटेको थियो । नेप्से औसतमा दैनिक १२ अङ्कले घटेको थियो । नेप्से मङ्गलबार ३००२ बिन्दुसम्म पुग्यो । तर अघिल्लो दिनबाटै घट्न थालेको बजार यही बिन्दुमा टिक्न सकेन ।कारोबारका हकमा यो साता नेपालको शेयरबजार सन्तोषजनक रह्यो । साताभर करिब एक खर्ब रुपैयाँ बराबरको शेयर कारोबार भयो । साताभर ९६ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा १९ अर्ब ३७ करोड ९५ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भयो । पाँच कारोबार दिनमा २१ करोड ७८ लाख ७६ हजार ६३८ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा चार करोड ३५ लाख ७५ हजार ३२८ कित्ता शेयर कारोबार भयो । पाचँ दिन अवधिमा आठ लाख ४२ हजार ३२ पटक शेयर किनबेच हुँदा दैनिक औसतमा एक लाख ६८ हजार ४०५ पटक शेयर किनबेच भयो । यो साता औसतमा दैनिक ३२२ वटा कम्पनीको शेयर कारोबार भयो ।

कुन दिन कस्तो थियो बजार ?

साताको पहिलो दिन आइतबार शेयर बजार घटेर बन्द भयो । उक्त दिन नेप्से १८.४४ अङ्कले घटेर २९६४२० बिन्दुमा झरेको थियो । उक्त दिन नेप्से परिसूचक उच्च्तम ३०१३ बिन्दु र न्यूनतम २९५८ बिन्दुसम्म पुगेको थियो । आइतबार दिनभरमा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँ बराबरको पाँच करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर दुई लाख तीन हजार ६५८ पटक किनबेच भयो । दिनभर ३२३ वटा कम्पनी कारोबारमा आएको थियो । कारोबारको दोस्रो दिन सोमबार भने बजार पुनः बढ्यो । आइतबारको घटाइलाई लगानीकर्ताले करेक्सनका रूपमा लिँदा सोमबार नेप्से ७.१० अङ्कले बढेको थियो । उक्त दिन नेप्से ०.२३ प्रतिशतले बढेर परिसूचक २९७१.३१ बिन्दुमा पुगेको थियो । सोमबार नेप्से परिसूचक उच्चतम २९७७ बिन्दु र न्यूनतम २९१७ बिन्दुसम्म पुगेको थियो । बजार बढे पनि कारोबार रकममा भने कमी आएको थियो । उक्त दिन १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार रुपैयाँ बराबरको चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको थियो । सोमबार कारोबार अवधिभर ३२१ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ७० हजार ७२६ पटक शेयर किनबेच भयो । बजारको बढ्ने क्रम मङ्गलबार पनि कायम रह्यो । मङ्गलबार नेप्से परिसूचकले ३००० बिन्दु पार गरेको थियो । नेप्से ३०.७६ अङ्कले बढेर परिसूचक ३००२ बिन्दुसम्म पुग्यो । उक्त दिन नेप्से १.०३ प्रतिशतले बढ्दा परिसूचक उच्चतम ३०२८ बिन्दु र न्यूनतम २९७६ बिन्दुबीच रह्यो ।बजारले तीन हजारको बिन्दु पार गर्दा पनि कारोबारमा भने गिरावट आयो । उक्त दिन १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँ बराबरको चार लाख १८ लाख आठ हजार ९६६ कित्ता शेयर कारोबार भएको थियो ।

मङ्गलबार ३२१ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ५७ हजार ५२५ कित्ता शेयर कारोबार भयो ।लगातार दुई दिनको बढाइ तेस्रो दिन भने कायम भएन । पुनः तीन हजारभन्दा माथि पुगेको नेप्से बुधबार घट्न पुग्यो । बुधबार नेप्से एकै दिन ४७.९३ अङ्कले घटेर २९५४ बिन्दुमा आयो । कारोबारको चौथो दिन नेप्से १.५९ प्रतिशतले बजार घट्दा परिसूचक उच्च्तम २०२० बिन्दु र न्यूनतम २९४७ बिन्दु पुगेको थियो । कारोबार रकम पनि घटेर बुधबार १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँ कायम भएको थियो । बुधबार दिनभरमा ३१८ वटा कम्पनीको तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर एक लाख ४१ लाख ५२० पटक किनबेच भएको थियो । साताको अन्तिम दिन बिहीबार पनि नेप्सेमा भारी गिरावट आयो । बिहीबार नेप्से ३१.५० अङ्कले घटेर २९२२.६३ बिन्दुमा पुग्यो । उक्त दिन नेप्से १.०६ प्रतिशतले घट्दा परिसूचक उच्चतम २९६७ बिन्दु र न्युनतम २९१५ बिन्दु पुगेको थियो । जसरी बजार घट्दै गयो, कारोबार रकममा पनि त्यसैगरी गिरावट हुँदा उक्त दिन कारोबार १५ अर्ब रुपैयाँमा सीमित भयो । बिहीबार कारोबार घटेर १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार रुपैयाँ बराबरको तीन करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर कारोबार भएको थियो । बिहीबार दिनभरमा ३१८ वटा कम्पनीको शेयर एक लाख ६८ हजार ५९४ पटक किनबेच भएको थियो ।

प्रकाशित समय: शुक्रबार १७ साउन, २०८२, १८:२९:४८

सम्बन्धित खबर

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
३ घण्टाअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
१० घण्टाअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
३ दिनअघि
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०