आज राष्ट्रिय कोदो दिवस

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१ वर्षअघि

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रूपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए। कृषि विभागले आर्थिक वर्ष २०८१-८२ मा ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।

दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्‍याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।

प्रकाशित समय: शुक्रबार १७ साउन, २०८२, ०८:०६:२५
पूर्वसभापति देउवा साउन २६ गते स्वदेश फर्किने
बिहिबार २१ साउन, २०८३
धवलशमशेर राणाले ‘जय नेपाल पार्टी’ गठन गर्दै
बिहिबार २१ साउन, २०८३
तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित
बिहिबार २१ साउन, २०८३
ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
बिहिबार २१ साउन, २०८३
सुनको मूल्य तीन लाख नजिक, एकै दिन तोलामा ८ हजारले वृद्धि
बिहिबार २१ साउन, २०८३
रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी
बिहिबार २१ साउन, २०८३
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट पक्राउ
बिहिबार २१ साउन, २०८३
मल किन्न जाँदा थुनिएका दुई नेपाली किसानलाई रिहा गर्न आदेश
बुधबार २० साउन, २०८३
कांग्रेसले सरकारमाथि उठायो १० प्रश्न, लोकतन्त्र र सुशासन कमजोर बनाएको आरोप
बुधबार २० साउन, २०८३
ग्यासको अभाव उस्तै,सिरहामा रित्तो सिलिन्डर बोकेर घण्टौँ लाइनमा
बुधबार २० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०