महिला उद्यमशीलताको प्रवर्द्धन गरिनुपर्छ : मुख्यमन्त्री सिंह

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ साउन, २०८२
१ वर्षअघि

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महिलाको आर्थिक र सामाजिक सशक्तिकरणको लागि महिला उद्यमशीलताको प्रवर्द्धन अनिवार्य रहेको बताएका छन् ।

लहानमा आज आयोजित महिला उद्यमी सङ्घ नेपाल, सिरहाको नवगठित कार्यसमिति घोषणा कार्यक्रममा मुख्यमन्त्री सिंहले महिलालाई उद्यमशील बनाइ आर्थिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिए।

Advertisement

मुख्यमन्त्री सिंहले महिला–पुरुषबीच समानता कायम गर्न महिला आत्मनिर्भरता आवश्यक भएको उल्लेख गर्दै सक्षम महिलालाई उद्यमशील क्षेत्रमा जोड्नु जरुरी भएको बताए।

‘महिलाले उत्पादन गरेका सामग्री गुणस्तरीय बनाएर बजारीकरण र अन्तर्राष्ट्रियकरण गर्न सक्नुपर्छ’, उनले भने, ‘फर्सीको बीउ उत्पादन, गुन्द्रुक र आँपको अचारजस्ता परम्परागत तर गुणस्तरीय वस्तु विदेश निर्यात गर्न सकिने सम्भावना छ ।’

मुख्यमन्त्री सिंहले साना–साना सामग्री आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्वदेशी उत्पादन र उपभोगमा जोड दिनुपर्ने बताए। साथै, महिला उद्यमीलाई आवश्यक तालिम दिएर सीप अभिवृद्धि गरिनुपर्ने र आधुनिक प्रविधिको ज्ञानमार्फत थप लाभ लिन सकिने सम्भावना रहेको उल्लेख गरे ।

महिला उद्यमी महासङ्घकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले ‘स्वदेशी खाउँ, स्वदेशी लाउँ, स्वदेशी उद्यमीलाई प्रोत्साहन गरौँ’ नारासहित देशका ७७ वटै जिल्लामा महिला उद्यमी सङ्घ गठन भइसकेको जानकारी दिए । उनले महिला उद्यमशीलताको विकासले केवल महिलाको जीवनस्तरमा मात्रै सुधार ल्याउने नभएर परिवार र समाजलाई सकारात्मक दिशामा अघि बढाउने बताए।

लहान नगरप्रमुख महेशप्रसाद चौधरीले महिलाले अब उद्यमबाटै विदेश जाने पुरुषको भन्दा बढी आम्दानी गर्न सक्ने विश्वास व्यक्त गरे। नगरपालिकाले रोजगारी, तालिम र उद्यममा अवसर दिँदै आएको उल्लेख गर्दै अब प्रत्येक वडामा महिला समिति गठन गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।

मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले महिलाको आर्थिक सबलीकरणले महिला हिंसा न्यूनीकरणमा  भूमिका खेल्ने धारणा राखे। मधेसमा महिला प्रहरीको सङ्ख्या अपुग रहेको उल्लेख गर्दै उनले सबै क्षेत्रले मिलेर महिला सशक्तिकरणमा हातेमालो गर्नुपर्ने बताए ।

सो अवसरमा खुश्बु जैसवालको अध्यक्षतामा ११ सदस्यीय महिला उद्यमी सङ्घ नेपाल, सिरहा गठन गरिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग

बुधबार १२ कार्तिक, २०८३
१४ घण्टाअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
६ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
१ हप्ताअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
१ हप्ताअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
२ हप्ताअघि

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
२ हप्ताअघि
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट
बुधबार १२ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग
बुधबार १२ कार्तिक, २०८३
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०