शंकर पोखरेलको दाबी- विद्या भण्डारीलाई उसबेला राष्ट्रपति नहुनु भनेको थिएँ, उहाँ धैर्यता रहेनछ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ साउन, २०८२
१ वर्षअघि

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफूले विद्या भण्डारीलाई उतिबेला नै राष्ट्रपति नबन्न सुझाएको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) १२ औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई बुधबार सम्बोधन गर्दै उनले पूर्वराष्ट्रपतिमा अहिले धैर्यता नदेखिएको बताएका छन् ।

Advertisement

भण्डारीलाई आफूले उनको निवासमै पुगेर राष्ट्रपतिको इच्छा नगर्न सल्लाह दिएको पनि उनले स्मरण गरेका छन् ।

‘विद्या भण्डारीको निवासमै गएर तपाईंले राष्ट्रपतिमा इच्छा नगर्दा राम्रो हुने सल्लाहसमेत दिएको थिएँ’, उनले भने, ‘तर पार्टीले निर्णय गरेपछि सबैको सर्वसम्मतिमा उहाँलाई राष्ट्रपति बनाएको हो।’

दुई कार्यकाल राष्ट्रपति बने पनि भण्डारीमा धैर्यता नदेखिएको उनले बताए । ‘विरोधका बाबजुद पार्टीले निर्णय गर्‍यो । दुई कार्यकाल राष्ट्रपतिको कार्यकाल पूरा गर्नुभएपछि अब उहाँ राजनीतिमा फर्किनुहोला भन्ने लागेकै थिएन । तर, उहाँमा धैर्यता देखिएन,’ उनले भने ।

माओवादीले उपराष्ट्रपतिबाट बिदा भएका नन्दबहादुर पुनलाई राजनीतिमा ल्याएकोमा पनि उनले असन्तुष्टि जनाए । उनले माओवादी यो व्यवस्थाप्रति विश्वास गर्ने पार्टी नै नभएको दाबी गरे । त्यसैले एमालेका नेताहरूलाई माओवादीको पछि नलाग्न पनि उनले आग्रह गरे ।

नेपालको राजनीतिमा एमाले अब्बल पार्टी भएको उनले बताए । पोखरेलले एमाले जनताको सबैभन्दा रोजाइको पार्टी भएको जिकिर गरे ।

‘एमाले जब सबै खालका प्रहार तोडेर अघि बढ्छ, तब पार्टी भित्रै अनेक खालका समस्याहरू आउने गरेका छन्’, उनले भने, ‘एमाले बलियो हुँदै गएपछि कमजोर पार्न पार्टी बाहिर र भित्रका शक्तिहरू लाग्ने गरेका छन् ।’

नेपालको राजनीति अब ध्रुवीकरणको दिशामा जानु पर्नेमा उनले जोड दिए । लोकतन्त्र बलियो बनाउन राजनीतिक दल बलियो बन्नु पर्ने र त्यसको लागि सही विचार र दृष्टिकोण आवश्यक रहेको पोखरेलले बताए।

नेकपा एमालेको मुख्य लक्ष वैज्ञानिक समाजवाद भएको उनले बताए । त्यो नेपाली विशेषताको समाजवाद भएको पोखरेलले उल्लेख गरे ।

पार्टीको मुख्य नेतृत्वलाई कमजोर बनाउन २ कार्यकाल र ७० वर्षको उमेर हदको चर्चा गरिएको भन्दै उनले आपत्ति जनाए । एमालेका नेताहरू कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ भन्ने कुरामा एमाले स्पष्ट रहेको उनले बताए । ७० वर्षको उमेर हद हटाउन जबजको मूल मर्ममा कहाँनेर असर पर्‍यो भन्दै उनले प्रश्न गरे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट

शनिवार १० असोज, २०८३
८ minutes

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने

शनिवार १० असोज, २०८३
२५ minutes

‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’

शनिवार १० असोज, २०८३
५२ minutes

मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी

शनिवार १० असोज, २०८३
५७ minutes

लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने

बिहिबार ८ असोज, २०८३
२ दिनअघि

एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित

बिहिबार ८ असोज, २०८३
२ दिनअघि
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०