रंगेली अस्पताल बन्यो देशभरमै उत्कृष्ट र नमुना

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३१ असार, २०८२
१ वर्षअघि

विराटनगर । मोरङको रंगेली नगरपालिकास्थित नगर अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ ।

न्यूतम सेवा मापदण्डको विभिन्न सूचकअनुसार गरिएको मूल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरूमध्ये रंगेली नगर अस्पताल उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको हो ।

Advertisement

रंगेली बजारनजिकै रहेर सुनवर्षी, रतुवामाई, कानेपोखरी, धनपालथान र भारतको सीमावर्ती गाउँका नागरिकहरूलाई उपचार सेवा दिँदै आएको यो अस्पतालले सुशासन र व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा सर्भिस एमएसएसको सूचकअनुसार भएको मूल्यांकनमा ८६ प्रतिशत अंक प्राप्त गरेको छ ।

स्थानीयतहहरू मातहत रहेका देशभरका अस्पतालहरूमा यो अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गरेको हो । विभिन्न सूचकको मूल्यांकनका आधारमा अस्पतालले उक्त अंक प्राप्त गरेको हो ।

उक्त मूल्यांकन प्रत्येक ६-६ महिनामा हुने गरेको छ । ६ महिनापछि नगरपालिकाले अस्पताललाई थप सुधार गरेपछि अंक बढाउन सफल भएको हो । अब अझै सुधार हुँदै गएपछि रंगेली अस्पतालले प्राप्त गर्ने अंक बढ्दै जानेछ ।

रंगेली नगरपालिका प्रमुख दिलिप बगडियाले सबैको प्रयासबाट अस्पताल नमूना र उदाहरणीय बन्न सफल भएको बताए ।

अझ व्यवस्थित, सुविधा सम्पन्न बनाउन अस्पताल व्यवस्थापन समितिको निरन्तरको प्रयास, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।

अस्पतालले प्रसूति सेवा, डायलसिस, एक्स–रे, प्रयोगशाला सेवालगायत सुविधा थप गर्दै गइरहेको छ ।

कोशी अस्पतालभन्दा पुरानो इतिहास बोकेको रंगेली नगर अस्पतालले ‘ओपन स्पेस’सहितको बहिरंग सेवाका साथै, स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा, २४सै घण्टा फिजिसियन, सर्जरी, बालरोग विशेषज्ञ सेवा, भिडियो एक्सरे सेवा दिइरहेको छ ।

रंगेलीका दलित र विपन्न वर्ग, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र महिला स्वास्थ्य स्वयमसेविका लगायत लक्षित समूहलाई समेट्नेगरी कार्यविधि बनाएर नगरले स्वास्थ्य बिमा लागू गरेको छ, जसअन्तर्गत नगप्रमुख अग्रवालले ७० लाख रुपैयाँ खर्चिएर नगरभित्रका नौवटै वडाका १८ सय ६८ परिवारको बिमा गरिदिएका छन् ।

त्यसरी बिमा गरेका व्यक्तिहरूले रंगेली नगरअस्पताललाई पहिलो प्राथमिकता राखेका छन् ।

नगरप्रमुख बगडियाले दोस्रो कार्यकालको तीन वर्षसम्ममा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिहँदा नगर अस्पताल छलाङ मार्न सफल भएको छ । उनको नेतृत्वमा रहेको नगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी गरिएको लगानी र सुधारबाट स्थानीय लाभान्वित बनेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०