रंगेली अस्पताल बन्यो देशभरमै उत्कृष्ट र नमुना

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३१ असार, २०८२
१ वर्षअघि

विराटनगर । मोरङको रंगेली नगरपालिकास्थित नगर अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ ।

न्यूतम सेवा मापदण्डको विभिन्न सूचकअनुसार गरिएको मूल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरूमध्ये रंगेली नगर अस्पताल उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको हो ।

Advertisement

रंगेली बजारनजिकै रहेर सुनवर्षी, रतुवामाई, कानेपोखरी, धनपालथान र भारतको सीमावर्ती गाउँका नागरिकहरूलाई उपचार सेवा दिँदै आएको यो अस्पतालले सुशासन र व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा सर्भिस एमएसएसको सूचकअनुसार भएको मूल्यांकनमा ८६ प्रतिशत अंक प्राप्त गरेको छ ।

स्थानीयतहहरू मातहत रहेका देशभरका अस्पतालहरूमा यो अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गरेको हो । विभिन्न सूचकको मूल्यांकनका आधारमा अस्पतालले उक्त अंक प्राप्त गरेको हो ।

उक्त मूल्यांकन प्रत्येक ६-६ महिनामा हुने गरेको छ । ६ महिनापछि नगरपालिकाले अस्पताललाई थप सुधार गरेपछि अंक बढाउन सफल भएको हो । अब अझै सुधार हुँदै गएपछि रंगेली अस्पतालले प्राप्त गर्ने अंक बढ्दै जानेछ ।

रंगेली नगरपालिका प्रमुख दिलिप बगडियाले सबैको प्रयासबाट अस्पताल नमूना र उदाहरणीय बन्न सफल भएको बताए ।

अझ व्यवस्थित, सुविधा सम्पन्न बनाउन अस्पताल व्यवस्थापन समितिको निरन्तरको प्रयास, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।

अस्पतालले प्रसूति सेवा, डायलसिस, एक्स–रे, प्रयोगशाला सेवालगायत सुविधा थप गर्दै गइरहेको छ ।

कोशी अस्पतालभन्दा पुरानो इतिहास बोकेको रंगेली नगर अस्पतालले ‘ओपन स्पेस’सहितको बहिरंग सेवाका साथै, स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा, २४सै घण्टा फिजिसियन, सर्जरी, बालरोग विशेषज्ञ सेवा, भिडियो एक्सरे सेवा दिइरहेको छ ।

रंगेलीका दलित र विपन्न वर्ग, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र महिला स्वास्थ्य स्वयमसेविका लगायत लक्षित समूहलाई समेट्नेगरी कार्यविधि बनाएर नगरले स्वास्थ्य बिमा लागू गरेको छ, जसअन्तर्गत नगप्रमुख अग्रवालले ७० लाख रुपैयाँ खर्चिएर नगरभित्रका नौवटै वडाका १८ सय ६८ परिवारको बिमा गरिदिएका छन् ।

त्यसरी बिमा गरेका व्यक्तिहरूले रंगेली नगरअस्पताललाई पहिलो प्राथमिकता राखेका छन् ।

नगरप्रमुख बगडियाले दोस्रो कार्यकालको तीन वर्षसम्ममा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिहँदा नगर अस्पताल छलाङ मार्न सफल भएको छ । उनको नेतृत्वमा रहेको नगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी गरिएको लगानी र सुधारबाट स्थानीय लाभान्वित बनेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
७ दिनअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
१ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०