बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ असार, २०८२
१ वर्षअघि

गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता बाह्र्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयको अवधि लम्बिनु, तापक्रममा असामान्य रुपमा वृद्धि हुनु, वर्षा चक्रको अनियमितताका कारण डेंगीको सङ्क्रमण बाह्रै महिना हुने गरेको विज्ञहरू बताउँछन् ।

डेंगीको सङ्क्रमण फैलाउने एडिस एजिप्टाई वा एडिस एल्बोपिक्टस जातको लामखुट्टेले विशेषगरी मनसुनको सफा पानीमा फूल पार्ने गदर्छ । तर पछिल्लो समय यो लामखुट्टे बाह्रै महिना सक्रिय हुनथालेसँगै डेंगी सङ्क्रमणको जोखिम पनि बाह्रै महिना हुने गरेको छ ।

चिसो हिमाली क्षेत्रसम्म पनि बिस्तारै यो फैलिँदै गएको पाइएको छ । यसले बिस्तारै हरेक खालको वातावरणमा रहनसक्ने क्षमता वृद्धि गरिहेकाले डेंगी सङ्क्रमण जनस्वास्थ्यको मुख्य चुनौतीको रुपमा देखिन थालेको विज्ञको विश्लेषण छ ।

डेंगी सङ्क्रमितको सङ्ख्या १६ सय नाघ्यो

नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय नाघेको छ । सातवटै प्रदेशमा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

गत पुष महिनादेखि देखिन थालेको सङ्क्रमणबाट सबैभन्दा धेरै बागमती प्रदेशमा ४ सय ४ जना, गण्डकीमा ३ सय ५८ जना, लुम्बिनी प्रदेशमा २७८, कोशी प्रदेशमा ३ सय ३४, मधेश प्रदेशमा ३१, कर्णालीमा ३६ जना सुदुरपश्चिममा २ सय ३२ जना गरी जम्मा १६ हजार १ सय ७३ जना बिरामी परेका छन् ।

महाशाखाका अनुसार गत साता मात्रै ७१ वटा नयाँ सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैभन्दा धेरै गण्डकी प्रदेशमा २० जना छन् भने कर्णालीमा १ जनामा डेंगीको सङ्क्रमण पुष्टि भएको छ ।

अहिलेकै अवस्थामा डेंगीको सङ्क्रमण बढ्दै गए गत वर्षको जस्तो अवस्था आउन सक्ने महाशाखाको चेतावनी छ ।
इडिसिडीको तथ्याङ्क अनुसार गत वर्ष ४५ हजार भन्दा बढीलाई सङ्क्रमण भएको थियो भने १५ जनाको मृत्यु भएको थियो ।

यस वर्ष पनि सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएकाले सावधानी अपनाउन महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले आग्रह गरेका छन् ।

‘डेंगी रोकथाम तथा नियन्त्रणमा आम नागरिक सचेत नभइदिने हो भने गत वर्षको जस्तै हामीले समस्या भोग्नुपर्छ ।’ उनले भने ।

अबका ४ महिना अत्यधिक जोखिम हुने डा. दाहालको भनाइ छ ।

डेंगी नियन्त्रणका लागि भइरहेका प्रयास

सम्पूर्ण स्थानीय तहसँग समन्वय गरेर डेंगी नियन्त्रणमा लागि गर्नुपर्ने कामबारे कार्ययोजना बनेको डा. दाहालले बताए ।

‘सोही अनुसार स्थानीय तहले सक्रियताका साथ आ–आफ्नो क्षेत्रमा काम गरिरहेका छन् ।’ डा. दाहालले भने ।

उपत्यकामा काठमाडौं महानगरपालिकाले डेंगीलगायत वर्षायाममा लाग्ने रोग नियन्त्रणका लागि सम्पूर्ण वडामा भेला गरेको छ । बुढानिलकण्ठ नगरपालिकाले पनि विभिन्न कार्यक्रम गरेको जानकारी दिएको छ ।

नगरपालिकाका हरेक विद्यालयमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई हप्तामा एकदिन एउटा क्लास डेंगीको बारेमा राखिदिन आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख कुमारप्रसाद दाहालले बताए ।

उनका अनुसार उक्त क्लासमा डेंगी रोकथामका उपायबारे जानकारी दिँदै प्रत्येक शनिबार आफ्नो घर तथा घर वरिपरि जमेको पानी भए पोखिदिने र नियन्त्रणका लागि अपनाउनु पर्ने सावधानी जस्तै सुत्दा झुलको प्रयोग गर्ने लगायतको पालना गर्न आग्रह गर्ने गरिएको छ ।

त्यस्तै विभिन्न सराकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीलाई पनि शुक्रबार आ–आफ्नो कार्यालयमा र शनिबारका दिनमा घर घरमा जमेको पानी पोख्न र घरवरिपरि सफा राख्न आग्रह गरिएको उनले बताए ।

कपन स्वास्थ्य चौकी, नगर अस्पताललगायत नगरपालिकाअन्तर्गतका विभिन्न सामुदायिक स्वास्थ्य संस्थामा आगामी मङ्सिर महिनासम्म निशुल्क डेंगी जाँचको व्यवस्था गरिएको छ । ज्वरो आउने जिउ दुख्ने लगायतका लक्षण देखिए डेंगी जाँच गराउन उनले सुझाव दिएका छन् ।

डेंगी रोगबाट कसरी बच्ने ?

लामखुट्टेको टोकाइबाट हुने डेंगी रोगका बिरामी नेपालमा केही समय यता बढीरहेका छन् । स्वास्थ्य मन्त्रालयले निम्न रोकथामका उपाय अपनाउन आग्रह गरेको छ ।

– पूरा बाहुला भएको लुगा लगाउने
– झुलभित्र मात्र सुत्ने
– घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
– घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
– खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
– गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
– पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
– साँझ र बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा, वा पार्कमा जाँदा
लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने

प्रकाशित समय: शनिवार २१ असार, २०८२, ०७:४०:५६

सम्बन्धित खबर

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
१४ घण्टाअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
१४ घण्टाअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
१ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
४ दिनअघि
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०