खेलक्षेत्रको बजेट घटाएको भन्दै सामाजिक विकास मन्त्रीसँग रिसाए सदस्यसचिव बस्नेत

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ असार, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खेलक्षेत्रको बजेट घटाएको भन्दै सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईप्रति आक्रोश व्यक्त गरेका छन् ।

बिहीबार बसेको बोर्डको २९औँ बैठकमा खेलक्षेत्रको बजेट घटाएको भन्दै सदस्यसचिव बस्नेतले राईप्रति चर्को असन्तुष्टि र आक्रोश व्यक्त गरेका हुन् ।

Advertisement

मन्त्रालयले लय समातिरहेको प्रदेशको खेलकुद क्षेत्रको लय बिथोल्ने गरि बजेट निर्माण गरेको भन्दै सदस्य सचिव बस्नेतले आक्रोश व्यक्त गरेका थिए ।

बस्नेतले खेलकुद विकास बोर्डले खेलाडीहरू खेलेरै जीवनयापन गर्न सक्ने अवस्था निर्माण गर्ने गरि काम गरिरहेको बेला मन्त्रालयले बोर्डको लक्ष्यलाई धक्का पुग्ने काम गरेको धारणा व्यक्त गरे ।

उनले मन्त्रालयको बजेट बढेको अवस्थामा समेत खेलक्षेत्रलाई उपेक्षा गरेर बजेट विनियोजन गरेको भन्दै मन्त्रालयको कदमको बोर्डका सम्पूर्ण सदस्य र खेलक्षेत्रले नै प्रतिवाद गर्ने बताए ।

बैठकमा बोल्ने अधिकांश बोर्ड सदस्यहरूले मन्त्रालयले खेलक्षेत्रलाई नजरअन्दाज गर्ने किसिमको बजेटको विरोध गरे ।

बैठकले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई असार २२ गते विराटनगरमा सम्मान गर्ने निर्णय गरेको बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले जानकारी दिए ।

उनले बोर्डले खेलाडीसाथै खेल क्षेत्रमा लामो समय सम्म योगदान गर्ने अग्रज खेलकर्मीलाई सम्मान गर्ने निर्णय गरेको बताए ।

त्यस्तै, बैठकले १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रदेशस्तरीय छनोट प्रतियोगिता सहभागी नभएका सुनसरी, खोटाङ र सोलुखुम्बुलाई के कति कारणले सहभागी हुन नसकेको भन्दै स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०