दही-चिउरा खाएर असार १५ मनाइँदै, पेटको लागि लाभदायी हुन्छ दही-चिउरा !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ असार, २०८२
१ वर्षअघि

विराटनगर । असार १५ अर्थात दहि चिउरा खाने दिने । यो दिनमा खेतमा रोपाइँ गर्दै दही चिउरा खाएर मनाउने गरिन्छ ।

असार कामको चाप बढी हुनेभएकोले छिटो तयार गर्न सकिने र स्वादिलो खाना खानाका रुपमा दही चिउरा खाने चलन चलेको हुन सक्ने विज्ञको भनाइ छ ।

Advertisement

दही–चिउरा चाँडो तयार पार्न सकिने मिठो खाजा हुनुका साथै स्वास्थ्यका हिसाबले पोषिलो र लाभदाही रहेको जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती बताउँछिन् ।

“दही चिउरा सजिलै पच्ने, छिटो तयार हुने र स्वादिलो मात्र नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्त लाभदायक हुन्छ,” उनी भन्छिन् ।

दैनिक खानामा दही चिउरा समावेश गर्दा पाचन प्रणाली बलियो हुनुका साथै शरीरको लागि उर्जा प्रदान गर्ने डा.उप्रेतीको भनाइ छ ।

विभिन्न गुणले भरिपूर्ण दही र चिउराको सेवन गर्नु शारीरिक तथा मनसिक स्वास्थ्यका हिसाबले लाभदाही हुने उनी बताउँछिन् ।

उनका अनुसार दही–चिउरा अचार, तरकारी,अनय गेडागुडीसँग मिसाएर खाँदा अझ पूरक र पोषिलो हुन्छ ।

दहीमा गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया हुने भएकाले शरीरमा फाइदा गर्छ । दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन प्रसस्थ मात्र पाइन्छ ।

यता, चिउरा कार्बोहाइड्रेड राम्रो स्रोत हो । त्यसका अलावा आइरन र प्रोटिन पाइने गर्छ ।

दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिने डा.उप्रेती बताउँछिन् ।

दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइने हुँदा पेट गडबडी हुँदा, पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला छिटो निको हुने उनको भनाइ छ ऽ

दैनिक खाजाको रुपमा खाँदा स्वास्थ्यका हिसाबले उपयुक्त हुने उनले बताइन् ।चिउरामा प्रशस्त कार्बोहाइड्रेड भएकाले शरीरमा शक्ति प्रदान गर्छ ।

चिउरा पकाउनु नपर्ने भएकाले जुनसुकै परिकारका साथ जहाँ बसेर पनि खान सकिन्छ । दही चिउरा जुनसुकै उमेर समूहका लागि उपयुक्त हुन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०