दही-चिउरा खाएर असार १५ मनाइँदै, पेटको लागि लाभदायी हुन्छ दही-चिउरा !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ असार, २०८२
२ हप्ताअघि

विराटनगर । असार १५ अर्थात दहि चिउरा खाने दिने । यो दिनमा खेतमा रोपाइँ गर्दै दही चिउरा खाएर मनाउने गरिन्छ ।

असार कामको चाप बढी हुनेभएकोले छिटो तयार गर्न सकिने र स्वादिलो खाना खानाका रुपमा दही चिउरा खाने चलन चलेको हुन सक्ने विज्ञको भनाइ छ ।

दही–चिउरा चाँडो तयार पार्न सकिने मिठो खाजा हुनुका साथै स्वास्थ्यका हिसाबले पोषिलो र लाभदाही रहेको जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती बताउँछिन् ।

“दही चिउरा सजिलै पच्ने, छिटो तयार हुने र स्वादिलो मात्र नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्त लाभदायक हुन्छ,” उनी भन्छिन् ।

दैनिक खानामा दही चिउरा समावेश गर्दा पाचन प्रणाली बलियो हुनुका साथै शरीरको लागि उर्जा प्रदान गर्ने डा.उप्रेतीको भनाइ छ ।

विभिन्न गुणले भरिपूर्ण दही र चिउराको सेवन गर्नु शारीरिक तथा मनसिक स्वास्थ्यका हिसाबले लाभदाही हुने उनी बताउँछिन् ।

उनका अनुसार दही–चिउरा अचार, तरकारी,अनय गेडागुडीसँग मिसाएर खाँदा अझ पूरक र पोषिलो हुन्छ ।

दहीमा गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया हुने भएकाले शरीरमा फाइदा गर्छ । दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन प्रसस्थ मात्र पाइन्छ ।

यता, चिउरा कार्बोहाइड्रेड राम्रो स्रोत हो । त्यसका अलावा आइरन र प्रोटिन पाइने गर्छ ।

दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिने डा.उप्रेती बताउँछिन् ।

दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइने हुँदा पेट गडबडी हुँदा, पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला छिटो निको हुने उनको भनाइ छ ऽ

दैनिक खाजाको रुपमा खाँदा स्वास्थ्यका हिसाबले उपयुक्त हुने उनले बताइन् ।चिउरामा प्रशस्त कार्बोहाइड्रेड भएकाले शरीरमा शक्ति प्रदान गर्छ ।

चिउरा पकाउनु नपर्ने भएकाले जुनसुकै परिकारका साथ जहाँ बसेर पनि खान सकिन्छ । दही चिउरा जुनसुकै उमेर समूहका लागि उपयुक्त हुन्छ ।

प्रकाशित समय: आईतबार १५ असार, २०८२, ०७:१४:४९

सम्बन्धित खबर

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

शनिवार २१ असार, २०८२
७ दिनअघि

भारतबाट फर्केका तीन जना नेपालीमा कोरोना पुष्टि

बुधबार २२ जेठ, २०८२
१ महिनाअघि

जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा प्रयासरत छौँ : स्वास्थ्य मन्त्री पौडेल

आईतबार १९ जेठ, २०८२
१ महिनाअघि

वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य उपचारको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव डब्लूएचओमा लैजाने : स्वास्थ्य मन्त्री पौडेल

बुधबार १५ जेठ, २०८२
१ महिनाअघि

नेपालमा सात जनामा कोरोना पुष्टि

मङ्गलबार १४ जेठ, २०८२
२ महिनाअघि

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

बुधबार १ जेठ, २०८२
२ महिनाअघि
विराटनगरमा पूर्वप्रअले दुई करोड खर्चिएर सञ्चालनमा ल्याए डिभाइन जिम
शुक्रबार २७ असार, २०८२
खेलमय प्रदेश बनाउने ध्याउन्नमा प्रदेश खेलकुद विकास बोर्ड
शुक्रबार २७ असार, २०८२
भोटेकोशीमा आएको बाढीमा बेपत्ता थप दुई जनाको शव भेटियो
शुक्रबार २७ असार, २०८२
विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुँदै
बिहिबार २६ असार, २०८२
फिफा वरीयतामा एक स्थान खस्कियो नेपालको
बिहिबार २६ असार, २०८२
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
बिहिबार २६ असार, २०८२
जब २९ वर्षीया युवतीले युके पठाइदिने भन्दै ४१ लाख रुपैयाँ ठगिन्
बिहिबार २६ असार, २०८२
नेपालीले भारतबाट सुनका गहना चोरेर ल्याएपछि…
बिहिबार २६ असार, २०८२
धनपालथानमा उखुबारीमा भेटियो ८०१ किलो गाँजा
बिहिबार २६ असार, २०८२
Casinos That Approve Bitcoin: The Ultimate Guide
बुधबार २५ असार, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०