वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य उपचारको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव डब्लूएचओमा लैजाने : स्वास्थ्य मन्त्री पौडेल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ जेठ, २०८२
१ वर्षअघि

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य उपचारको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने विषयमा आगामी सेप्टेम्बरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा प्रस्ताव लैजाने घोषणा गरेका छन् ।

मन्त्री पौडेलले अन्तर्राष्ट्रिय सहयोगमार्फत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रयासअन्तर्गत यो पहल गरिएको बताए ।

Advertisement

‘जुन देशमा रोजगारी गर्छ । त्यो रोजगारदाताले उसको स्वास्थ्य उपचारको जिम्मा लिनुपर्छ,’ मन्त्री पौडेलले भने ।

नेपाली श्रमिकहरूको वास्तविकतालाई उदाहरण दिँदै मन्त्री पौडेलले भने, ‘कतिपय देशमा नेपालीले बनाएको रंगशाला छ । नेपालीले बनाएको सय–दुई सय तलाका घरहरू छन् । युवावस्थामा मेहेनत गरेका श्रमिक कमजोर भएपछि र स्वास्थ्य समस्या भएपछि देश फर्किने गरेका छन् । त्यसकारण रोजगारदाताले उसको स्वास्थ्यको जिम्मा लिनुपर्छ ।’

अब दुई देशबीच श्रम सम्झौता हुँदै यस विषयलाई सहमतिमा समावेश हुने मन्त्रालयले जनाएको छ ।

भारत, बंगलादेश, फिलिपिन्स लगायत वैदेशिक रोजगारीमा जाने मुख्य गन्तव्य देशले यस प्रस्तावका लागि तयार रहेको मन्त्री पौडेलको दाबी छ ।

‘यी सबै डब्लूएचओका सदस्य राष्ट्रहरु हुन् । ती सबै राष्ट्रहरुले हाम्रो प्रस्तावलाई समर्थन गर्नेछन्,’ मन्त्री पौडेलले भने ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०