एमएम कप क्रिकेट : भारतको आसामसँग कोशी प्रदेशको फराकिलो हार

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ ब‌ैशाख, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा आयोजक टिम कोशी प्रदेश पराजित भएको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार भएको समूह ‘बी’ अन्तर्गतको दोस्रो लिग खेलमा कोशीले पराजय बेहोरेको हो ।

Advertisement

पाहुना टोली भारतको आसाम क्रिकेट क्लबसँग आयोजक कोशी प्रदेश ९७ रनले पराजित भएसँगै फाइनलमा पुग्ने सम्भावनालाई कमजोर बनाएको छ ।

मंगलबार विभागीय टोली पुलिसलाई ३७ रनले स्तब्ध पार्दै पहिलो पटक जित निकालेको कोशीले आसामसँग लज्जास्पद पराजय बेहोरेको हो ।

आसामले १ खेलमा १ मा जित हात पार्दै २ अंक बटुलेको छ भने कोशीसँग पनि २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंक नै रहेको छ ।

नेट रन रेटमा कोशी आसामभन्दा पछि परेको छ ।

आसामले अब बिहीबार पुलिसँग प्रतिस्पर्धा गर्ने छ । पुलिसले आसामलाई फराकिलो अन्तरले पराजित गरेमात्र तीनै टिमको सम्भावना नेट रन रेटले तय गर्ने छ ।

टस जितेर ब्याटिङ गरेको आसामले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ३ बलमा सवै विकेट गुमाई २ सय ९ रनको सम्मानजनक स्कोर बनाएको थियो ।

आसामका प्लेयर अफ द म्याच कप्तान गोकुल शर्माले ९९ बलमा २ छक्का र ७ चौका प्रहार गर्दै ७८ रन बनाउँदा अरुण सोनारले ५१ रन, केभिन सन्जिव क्रिस्टोफरले १५ रन र अमित सिंहाले १२ रनको योगदान दिए ।

कोशी प्रेम कामतले १० ओभरमा ३ मेडन राख्दै ४ विकेट लिँदा विपिनकुमार महतो र भुपाल लुइटेलले २–२ विकेट लिए ।

जवाफमा २ सय १० रनको लक्ष्य पाएको कोशीले ३७ दशमलव २ बलमा सवै विकेट १ सय १२ रनमा सिमित भयो ।

कोशीका पुछारका ब्याटर विपिनकुमार महतोले १५ रन बनाउँदा यस भट्टराई पनि १५ रन जोडे ।

त्यस्तै ओपनर ब्याटरले चिराग कबहले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।

आसामका टपनकुमार शर्माले ३ विकेट लिँदा कप्तान गोकसल शर्मा पनि ३ विकेट दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०